बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलबाट ७ करोड ६७ लाख जाली भारु बरामद, को हुन् युनिस अन्सारी ?

शुक्रबार, १० जेठ २०७६, १५ : ३१
शुक्रबार, १० जेठ २०७६

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोटसहित नेपाली र पाकिस्तानी नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा यसअघि पनि जाली भारु नोट कारोबारकाण्डमा जेल परेका युनिस अन्सारी समेत रहेका छन् । 

कतार एयरवेजको विमानमार्फत नेपाल आएका तीन जना पाकिस्तानी नागरिकले सुटकेसमा ल्याएको सो जाली रकम विमानस्थलमा चेकजाँचका क्रममा शुक्रबार दिउँसो बरामद भएको थियो । 

विमानस्थल प्रहरी र त्रिवि अध्यागमन कर्मचारीको चेकजाँचको क्रममा उनीहरुले बोकेको तीन वटा सुटकेसमा नक्क्ली भारु फेला परेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले रातोपाटीलाई जानकारी दिए । 

पक्राउ पर्नेमा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दीन र नादिया अनियर रहेका छन् ।  

यस्तै प्रहरीले त्यसपछि विमानस्थल परिसरमा सर्च अपरेशन चलाउँदा जाली नोट कारोबारमा सहयोगीको भूमिका खेलेको आरोपमा अरु तीन जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा युनिस अन्सारी, सोहेव खान र सुजन रानाभाट रहेका छन् । 

युनिससहितको टोली सो रकम ‘रिसिभ’ गर्न पुगेको बताइएको छ । 

युनुसलाई प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ २०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारुसहित ललितपुरबाट पक्राउ गरेको थियो ।

केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । उनी पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुस हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप