साउन एक गतेबाट सञ्चयकर्ताले चाहेको रकम सिधै बैंक खातामा जाने
काठमाडौं–सञ्चयकोषका सञ्चयकर्ताले एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने भएका छन् ।
नेपाल क्यिरिङ हाउस र सञ्चयकोष विच भुक्तानी सम्बन्धी सम्झौता भएपछि यो बाटो खुला भएको हो । तर अहिले नै कार्यान्वयनमा भने जानेछैन् । विद्युतीय भुक्तानीको कार्यान्वयन साउन एक गतेबाट हुने सञ्चयकोषका मूख्य प्रबन्धक जिवन कटवालले जानकारी दिए ।
पहिलो चरणमा भुक्तानी मात्र गर्ने भएपनि यसको प्रयोग पछि क्रमशः संकलन पनि विद्युतीय मार्फत नै हुने उनले बताए ।
कोष अहिले भुक्तानीको परिक्षणमा छ । परिक्षण सफल भएको अवस्थामा सञ्चयकोषबाट रकम संकलनमा पनि एनसिएचएल मार्फत नै गर्ने छ ।
सम्झौता अनुसार कर्मचारी सञ्चयकोषले क्लियरिङ हाउसको एनसिएचएल आइपिएस र कनेक्ट आइपिएसमा पूर्ण रुपमा इन्टिग्रेट गरी भुक्तानी कारोबार स्वचालित रुपमा गर्नेछन् । कोषले गर्ने भुक्तानीलाई लाभग्राहीको खातामा सोझै जम्मा गर्न सकिनेछ । सञ्चयकर्ता वा संस्थाले कोषलाई बmुभाउने सञ्चयकोष किस्ता आदिको भुक्तानी समेत अनलाइन वा कुनै पनि बैंक खाताबाट गर्न सक्ने व्यवस्था भएको छ ।
कोषमा साढे पाँच लाख सञ्चयकर्ता छन् । यसमा ३० हजार संूथा आवद्ध छन् ।
सञ्चयकोषका प्रशासक तुलसी प्रसाद गौतम र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रदानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’
-
कतारलाई हात्ती उपहार दिने निर्णय नै अन्योलमा
-
कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक छन्: प्रदेश प्रमुख परियार
-
बझाङ प्रदेशसभा १ का एमाले उम्मेदवार भण्डारीलाई पितृशोक
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’