बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री संघीयता विफल पार्न सक्रियः  नेता पौडेल

शुक्रबार, १० जेठ २०७६, १६ : ०९
शुक्रबार, १० जेठ २०७६

भक्तपुर – नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विफल पार्न सक्रिय रहेको आरोप लगाएका छन् । 

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पौडेलले प्रदेश र स्थानीय सरकारलाई संविधान विपरित केन्द्रीय सरकारको इकाइ हो भन्नु गलत भएको बताए ।
पौडेलले विगतमा एक राजा मात्र रहेता पनि हाल धेरै राजाहरुको जन्म भएको भन्दै विगतका राजा र हालको राष्ट्रपतिमा कुनै भिन्नता पाउन नसकेको बताए ।

उनले सिंहदरवारको अधिकार गाउँ गाउँमा नभएर सिंहदरवारनै गाउँमा पुगेको जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचारले प्रमाणीत गरिदिएको बताए । 

प्रधानमन्त्रीको सर्वसत्तावाद मोहका कारण संघीयता र लोकतन्त्र माथि नै खतरा देखा परेको नेता पौडेलको भनाइ थियो । 
लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन गलत रहेको भन्दै उनले सरकार पञ्चायतकै शैलीमा जान खोजेको आरोप लगाए ।
नेकपा नेतृत्वको सरकारले चुनावमा घोषणा गरेको घोषणपत्रको धज्जी आफैँले उडाइरहेको दाबी गरे ।
प्रधानमन्त्रीको भाषण र व्यवहारमा कुनै तालमेल नभएकाले र हालसम्म कुनै विकासका गतिबिधि हुन नसकेको बताए । 
अर्थमन्त्रीले राजस्व अनुसन्धान प्रधानमन्त्रीको मातहतमा आएपछि आर्थिक सुधार आएको भन्नु लज्जाको विषय भएको उनको तर्क छ ।
प्रजातान्त्रिक पार्टीमा बिचारको गुट सामान्य रहेता पनि काँग्रेसका पार्टी सभापति नै आफै अस्वस्थ गुट निर्माणमा लाग्नु भएकै कारण नयाँ संरचना अनुसार पार्टीको संरचनाले पूर्णता पाउन नसकेको उनले प्रष्टाए ।

उनले वर्तमान सरकारले आफ्ना गलत कार्यको ढाकछोप गर्न काँग्रेसले राजा फिर्ता ल्याउन चाहेको र संघियतालाई फेल पार्न लागेको आरोपलाई जनता समक्ष स्पष्ट पार्न समेत जनजागरण अभियान चलाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप