शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्री मेद्वारा राजीनामा दिने घोषणा

शुक्रबार, १० जेठ २०७६, १६ : १५
शुक्रबार, १० जेठ २०७६

बेलायती प्रधानमन्त्री थेरेसा मेले आगामी जुन ७ गतेबाट कन्जर्भेटिभ नेताको पदबाट राजीनामा दिने घोषणा गर्दै नयाँ प्रधानमन्त्रीको लागि बाटो खुला गरेकी छिन् ।

डाउनिङ स्ट्रिटमा निकै भावुक देखिएकी मेले २०१६ को युरोपियन युनियनबारे जनमसंग्रहको परिणामलाई सम्मान गर्न सक्दो प्रयास गरेको बताइन् ।

ब्रेक्सिटलाई निकास दिन नसकेकोमा उनले गहिरो दुःख व्यक्त गरेकी छिन् ।

कन्जर्भेटिभ नेतृत्वको चयनका लागि प्रतिस्पर्धा चलिरहँदा उनले प्रधानमन्त्रीको रुपमा आफ्नो काम जारी राख्ने बताइन् ।

जुन ७ मा पार्टीको नेताबाट राजीनामा दिएपछि त्यसको अर्को हप्ता नयाँ नेता चयनको प्रक्रिया शुरु हुनेछ ।

ब्रेक्सिटबारे उनको योजनाका लागि उनले आफ्नै पार्टीको संसदबाट आलोचना खेप्नु परेको थियो ।

सम्बोधनमा मेले बेलायतको दोस्रो महिला प्रधानमन्त्रीको रुपमा देशको सेवा गर्न पाएकोमा गर्वान्वित महसुस गरेको पनि बताइन् ।

लगभग तीन वर्ष प्रधानमन्त्रीको रुपमा काम गरेकी उनले सम्बोधनमा सरकारले गरेका राम्रा कामहरुको फेरिहस्त सुनाएकी छिन् ।

मेपछि पूर्व विदेश सचिव बोरिस जोनसन बेलायतको अर्को प्रधानमन्त्री बन्ने सम्भावना प्रबल रहेको छ । यद्यपि, यस पदका धेरै आकांक्षी रहेका छन् । जसमा रोरी स्टेवार्ट, जेरेमी हन्ट, माइकल गोभ, पेन्नी मोरडन्ट र साजिद जाभेदले पनि प्रधानमन्त्रीका लागि आफ्नो दाबीदारी प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप