बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सगरमाथाको उचाई नाप्न गएको टोलीको खुट्टा हिँउले खायो : ६ महिनापछि आधिकारिक उचाई थाहा हुने

शुक्रबार, १० जेठ २०७६, १६ : ३७
शुक्रबार, १० जेठ २०७६

गत चैत २७ गते सगरमाथको उचाई नाप्न सोलुखुम्बु गएको टोली काठमाडौं फर्केको छ । शुक्रबार भूमी व्यवस्था तथा सहकारी मन्त्रालयमा आफ्नो कार्यालयमा उनीहरुको स्वागत गरेको छ । 

प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली गत जेठ ८ गते बिहान ३ बजे सगरमाथको चुचुरोमा पुगेको थियो । चुचुरोमा १ घण्टा २० मिनेट बसेर उचाई मापन सम्बन्धी काम गरेर टोली तल झरेको थियो । 

टोलीमा गौतमसहित नापी अधिकृत रवीन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल, छिरिङ शेर्पा थिए । 

शुक्रबार मन्त्रालयमा गरिएको एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी मन्त्री पद्माकुमारी अर्याल, मन्त्रालयका सचिव गोपीनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतले सगरमाथा आरोहण गरेर फर्किएको सो टोलीलाई फुलमाला र टिका लगाएर स्वागत गरेका थिए । 

उनीहरुले नेपाल सरकारका तर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्ने काम सम्पन्न भएकोमा बधाई दिएका थिए । 

हिउँले खुट्टामा असर, नर्भिक अस्पतालमा उपचार 
सगरमाथामा आरोहणका क्रममा नेतृत्व गरेका खिमलाल गौतमको हिउँले खुट्टा खाएको छ । साथै अन्य सदस्यलाई पनि हिउँले असर पु¥याएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार पनि भइरहेको छ । 

गौतमले आफ्नो दुवै खुट्टामा हिउँले असर पु¥याए पनि इतिहास रच्ने काम सफल भएको भन्दै आफू खुसी भएको प्रतिक्रिया दिए । उनले सगरमाथाको उचाई मापन गर्ने अवसरमा पाएकोमा गौरवान्वित भएको प्रतिक्रिया दिए । 

उनले अहिलेसम्म निजामती कर्मचारीको क्षेत्रबाट आफूले चौथो पटक सगरमाथा आरोहण गरेर रेकर्ड राखेको जानकारी दिए । प्रधानमन्त्री तथा विभागीय मन्त्रीबाट पाएको हौसलाका कारण उद्देश्य पूरा भएको बताए । 

उनले भने– ‘निकै कष्टपूर्ण तरिकाले राज्यले दिएको जिम्मेवारी पुरा गरेर फर्किएका छौँ । जेठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर टोलीले १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरोमा मापन कार्य ग¥यौँ । त्यहाँ हामीले पुगेर काम पनि गर्नुपर्ने थियो । त्यसैले त्यहाँ अब्जरभेसनका सन्दर्भमा एक घण्टा १६ मिनेट चुचुरोमा बितायौं, जुन निकै गाह्रो काम पनि थियो ।’

उनले २०७२ सालको भूकम्पपछि देश विदेशबाट सगरमाथाको उचाई घटेको वा बढेको भन्ने कुरा आइरहेको बेला नेपाल आफैँले उचाई नाप्न जिम्मेवारी दिएकोमा उनले खुसी प्रकट गरे । 

भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्नेबारे विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो बढेपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडि बढाएको थियो । 

६ महिनापसछ आधिकारिक तथ्याङ्क
बधाई ज्ञापन कार्यक्रममा भूमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाई मापनको आधारभूत काम सकिएपछि झन्डै ६ महिनाको हाराहारीमा आधिकारिक तथ्याङ्क आउने जानकारी दिइन् । 

उनल सरकारले पहिलोपटक आफ्नै स्रोत साधन प्रयोग गरेर सगरमाथाको उचाइ नाप्ने काम भएको भन्दै यो नेपालीहरुको लागि गौरवको कुरा भएको बताइन् । 

उनले भनिन्– ‘अहिलेसम्म सगरमाथाको उचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन । यसपाली सरकारले आफ्नै स्रोतसाधनमा आफ्नै लगानीमा गरेको छ । यो हामी सबैका लागि गौरवको कुरा हो । आरोहण र मापनको महत्वपूर्ण काम सम्पन्न गरेपनि ६ महिनाभित्र नेपाल आफैँले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुनेछ ।’ 

उनले आरोहणको महत्वपूर्ण कामबाट फर्किएपछि अब प्राविधिक काममा अगाडि बढ्ने जानकारी समेत गराईन् । 

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले डेढ महिनाको समय लगाएर इतिहास रच्ने काम भएको बताउदै यसले मन्त्रालयको पनि उचाई बढाएको उल्ल्ेख गरे । उनले आफ्नो देशको शिखरको आफैले वास्तविक उचाई पत्ता लगाउने अवसर पनि प्राप्त गरेको उल्लेख गरे । 

यसरी नापियो सगरमाथाको उचाई 
गत चैत २७ गते काठमाडौंबाट प्रस्थान गरेको टोली जेठ ४ गते आधार सिविर र जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेको थियो । टोलीले सगरमाथाको तेश्रो पोलमा बसेर स्याटेलाइट मार्फत डाटा सर्वेक्षणको काम गरेको थियो भने स्थलगत रुपमा पनि अध्ययन गरेको थियो । वास्तविक उचाई पत्ता लगाउनका लागि परम्परागत विधि समतल नापी, आधुनिक प्रविधी सहितको बिधि तथा स्थलगत भू आकर्षण सर्वेक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

सगरमाथा शिखर क्षेत्रमा २ घण्टासम्म रहेको आरोहण टोलीले १ घण्टा २० मिनेट सम्म जीएनएसएस तथा जीपीआरएस सर्वेक्षण गरेको थियो । 

प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की,  सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल सहितको टोली सगरमाथाको उचाई नाप्न गएका थिए । भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्क सुुत्रको काम गरेका थिए भने गौतम र कार्की सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापनको काम गरेका थिए । 

छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पा सहितको टोलीले कर्मचारी टोलीलाई चुचुरोमा पु¥याउन सहयोग गरेको थियो । 

सगरमाथाको उचाईको तथाङ्कहरु संकलन भइसकेको र अन्य स्थलगत सर्भेक्षणबाट तथ्याङ्कहरु प्राप्त हुने क्रममा रहेकोले सम्पूर्ण तथ्यांङ्कहरु प्राप्त भएपछि तथ्याङ्कको प्रशोधन गरी आधिकारिक उचाई विश्व सामु प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप