कार्ल्सवर्ग लिभरपूलको ३१औं सिजनसम्मको आधिकारिक बियर, ५ वर्ष थप
काठमाडौं– कार्ल्सवर्ग र लिभरपूल फुटबल क्लबले आफ्नो ऐतिहासिक साझेदारीलाई थप ५ वर्षको लागि विस्तारीत गर्ने भएको छ । लिभरपूल फुटबल क्लबले कार्ल्सवर्गलाई २०२३–२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक बियरको भूमिकामा सुरक्षित गरेको हो ।
यो नयाँ डिल प्रिमियर लिगको इतिहासमै सबैभन्दा लामो साझेदारी भएको कम्पनीको दावी छ । यसको सुरुवात सन् १९९२ मा भएको थियो र कार्ल्सवर्गले त्यति बेलादेखि नै यस टिमलाई प्रायोजन गर्दै आएको छ ।
लिभरपूलको विश्वव्यापी साझेदार भएको नाताले कार्ल्सवर्गले विश्वभरिका प्रशंसकको साथ विश्वव्यापी र स्थानीय एक्टीभेसन र इभेन्टहरुको माध्यमबाट यस साझेदारीको सम्बन्धलाई निरन्तर जिवन्तता दिंदै आइरहेको छ ।
काल्र्सवर्गको चिफ कमर्सियल अफिसर जेसिका स्पेन्सले कार्ल्सवर्ग र लिभरपूल बीचको नाता ज्यादै प्रतिष्ठित भएको भन्दै २७ वर्ष लामो समयसम्म यस विशाल परिवारको भाग हुन पाएकोमा गौरव महसुस गरेको बताए ।
लिभरपूल फुटबल क्लबका प्रबन्ध निर्देशक र चिफ कमर्सियल अफिसर बिलि होगनले कार्ल्सवर्गसँगको बलियो साझेदारीलाई ३१ वर्षको लागि विस्तारीत गर्न पाउँदा ज्यादै खुसी लागेको बताए ।
लिभरपूलका प्रबन्धक बिल स्यांक्लीको सबै जना रातो किटमा खेल्ने निर्णयलाई समर्थन गर्दै लिभरपूलका प्रशंसकहरुका लागि कार्ल्सवर्गले रातो बोतल, रातो लेबलको साथ विशेष बियर उत्पादन गरी लिमिटेड–एडिशन ल्याएको छ ।
कार्ल्सवर्ग र लिभरपूलको साझेदारी
- लिभरपूल एफसीले युरोपियन कप (२००५), एफए कप (२००१, २००६), ४ वटा लिग कप (१९९५, २००१, २००३, २०१२) र एउटा युइएफए कप (२००१) जितिसकेको छ ।
- इयान रस अहिलेसम्मकै क्लबकै टप स्कोरर् (म्यान्चेस्टर युनाइटेड विरुद्ध सन् १९९२ अक्टोबर १८) भए ।
- रोबी फौलर र स्टीभन गेर्रार्ड जस्तै हस्तीहरुले क्लबमा आफ्नो सुरुवात गरे र सन्यास लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै