शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हातपात गर्नेले सार्वजनिक रूपमा माफी मागेपछि कर्मचारी काममा फर्के

शुक्रबार, १० जेठ २०७६, १७ : ०३
शुक्रबार, १० जेठ २०७६

लहान । कर्मचारीलाई हातपात गर्नेले सार्वजनिक रूपमा माफी मागेपछि सिरहाको कल्याणपुर नगरपालिका कर्मचारी काममा फर्केका छन् ।

कार्यकक्षमै काम गरिरहेको बेला कल्याणपुर नगरपालिका ओभरसियर छेदीकुमार साफीलाई हातपात गर्ने कल्याणपुर नगरपालिका–७ रमपुरा भेडियाका दीपेन्द्र यादवलगायतले माफी मागेपछि कर्मचारी काममा फर्केका हुन् । 

सहकर्मीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित दुई दिनदेखि नगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका थिए ।

समस्या समाधानका लागि भएको छलफलमा हातपात गर्ने व्यक्तिले सार्वजनिक रूपमा माफी माग्दै अब उप्रान्त घटना नदोहो¥याउने प्रतिबद्धता जनाएकाले कर्मचारी काममा फर्केको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप