बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भावुक हुँदै दिइन् बेलायतकी प्रधानमन्त्री टरिजा मेले राजिनामा

शुक्रबार, १० जेठ २०७६, २० : १२
शुक्रबार, १० जेठ २०७६

बेलायतकी प्रधानमन्त्री टरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गरेकाी छन् । 

उनले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि दलको नेतृत्वसँगै प्रधानमन्त्रीको पदबाट राजिनामा दिन लागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।  

‘मैले कन्जर्भेटिभ नेताका रूपमा आगामी जुन ७ गतेदेखि लागु हुनेगरी पदबाट राजिनामा दिने र नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्ने निर्ण लिएकी छु,’ प्रधानमन्त्रीको डाउनिङ स्ट्रीटस्थित सरकारी निवास बाहिर एक भाबुक सम्वोधनमा भनिन् ।

‘मलाई ब्रेक्जिट सम्झौतामा सफलता पाउन नसकेकोमा धेरै दुःख लागेको छ र यो बिषयले सधैँ पश्चाताप गराइरहनेछ,’ प्रधानमन्त्री मेले भावुक हुँदै भनिन् । प्रधानमन्त्रीको सम्बोधनका क्रममा उनी भावुक बन्दा उनको गला नै अवरूद्ध भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले पार्टी नेतृत्वबाट राजिनामा दिनुलाई बेलायती सत्ताधारी दलमा नेतृत्वका लागि प्रतिस्पर्धाको शुरूवातका रूपमा हेरिएको छ । अर्को नेतृत्व नआउँदासम्म प्रधानमन्त्री मे ले कामचलाउ प्रधानमन्त्रीका रूपमा सरकारको कार्यभार सम्हाल्नेछिन् । 

मेले भनिन्, ‘मैले आगामी जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजिनामा दिनेछु ।’ त्यसपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया शुरू हुनेछ । नेतृत्वको लागि हुने प्रतिस्पर्धा आगामी केही हप्ता लाग्ने अनुमान गरिएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप