केन्द्रीय संस्करण

हतियारको राजनीति असम्भव छ : वरिष्ठ नेता नेपाल

person explore access_timeजेठ १०, २०७६ chat_bubble_outline0
File Photo

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा हतियारको राजनीति असम्भव भएको बताएका छन् । 

विप्लव नेतृत्वको नेकपालाई इङ्गित गर्दै उनले हत्या, हिंसा र चन्दा आतङ्कको राजनीति अव सम्भव नभएको स्पष्ट पारे । 

नेकपाको जिल्ला कमिटीका सदस्यको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘विप्लव’ नेतृत्वका नेतालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गरे । 

विप्लव समूहलालाई संयमतापूर्वक वार्तामा बस्न आग्रह गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘हत्या, हिंसा र चन्दा आतङ्कले जनतालाई तर्साउन पाइँदैन, वार्तामा आउनुस् एक ढिक्का भएर अघि बढ्ने प्रयत्न गर्नुस्, हतियारले तपाईंहरुको राजनीति चल्दैन ।’
 
सम्बोधनका क्रममा पार्टीका जिल्लास्तरीय नेतालाई निर्देशन दिँदै नेता नेपालले कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै चन्दा असुल्ने र पार्टीभित्र गुटबन्दी गर्ने छुट कसैलाई नभएको बताए । 

उनले नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोडिएर अघि बढ्न आग्रह गरे । उनले जिल्ला कमिटीका १५५ सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । 

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज दलबहादुर राना, केन्द्रीय सदस्य एवं सांसद् महेश्वर गहतराजलगायतले जिल्ला कमिटी सदस्यलाई बधाई तथा शुभकामना दिएका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.