शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मौलाउँदै पारिवारिक अपराधः आफन्त नै ह्रिंसक

शनिबार, ११ जेठ २०७६, ०७ : ५७
शनिबार, ११ जेठ २०७६

प्रहरीका अनुसार आफ्नै परिवारका सदस्यबीच हत्याको क्रम बढ्दो छ । प्रायः परिवारभित्रैका हत्या घटनामा रक्सी र लागुऔषध सेवनको उन्माद प्रमुख कारण रहेको निष्कर्ष प्रहरीको छ । ‘९० प्रतिशतभन्दा बढी घटना यसै कारण भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय दोलखाका मुद्दा शाखा प्रमुख सई यज्ञानन्द शाह भन्छन्, ‘परिवारभित्रको वैमनश्य र झगडाले भित्रभित्रै उग्ररूप लिइरहेको छ ।’ 

बेमेल, वैदेशिक रोजगारी, व्यक्तिगत स्वार्थ, आर्थिक मामिलाले पनि परिवारभित्रै आपराधिक घटना हुने गरेका प्रहरी अधिकारी बताउँछन् । परिवारका सदस्यहरू एकअर्काको व्यक्तिगत चरित्रमा हावी हुन खोज्ने प्रवृत्तिका कारणसमेत बेमेल र झगडा बढिरहेको देखिन्छ । 

दोलखामा पति–पत्नीले एकअर्काको चरित्रमाथि आशंका गर्दा त्यसले हत्या र आत्महत्यासम्म निम्त्याउने गरेको छ। प्रहरीको मुद्दा शाखाका अनुसार एकअर्काको चरित्रमा शंका गर्दा हुने झगडाले उग्र रूप लिँदा १० महिनामा दोलखामा तीन महिलाले पति र तीन पुरुषले पत्नीको हत्या गरेको देखिन्छ । यो समाचार आजको नागरिक दैनिकमा रमेश खतिवडाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप