जब जयाले रेखालाई घरमै बोलाएर तोडिदिइन् रेखा–अमिताभको प्रेम
काठमाडौँ – बलिउड उद्योगका रेखा र अमिताभको जोडीलाई मन नपराउने सायदै होलान् । मेगास्टार अमिताभ बच्चन र सदाबहार सुन्दरी तथा अभिनयकी खानी रेखाको जोडीले कुनै समय बलिउडमा आगो नै लगाएको थियो ।
‘रिल’मा मात्र होइन ‘रियल’मा पनि अमिताभ र रेखाको बिहे होस् भन्ने चाहाना धेरैको थियो तर अपसोच अमिताभले जयासँग सन् १९७३ मा बिहे गरेकी गरिसकेका थिए ।
जयासँग बिहे गरेका अमिताभको केहि वर्षमै रेखासँगको सम्बन्धले चर्चा पाउन थाल्यो । सन् १९७६ मा फिल्म ‘दो अनजाने’ को शुटिङमा नै रेखा र अमिताभ नजिकिएका थिए ।
जया–अमिताभको चर्चा जयाले पनि थाहा पाइन् । उनले एकदिन रेखालाई घरमा खाना खान निम्ता पठाइन् जसले अमिताभ–रेखाबीचको सबै सम्बन्ध एक क्षणमै सकाइदियो ।
रिपोर्टको अनुसार एक दिन अमिताभ शुटिङको लागि मुम्बईभन्दा बाहिर गएका थिए । सोही मौका पारेर जयाले रेखालाई घरमा खाना खान निम्ता गरिन् । उनले रेखालाई फोन गरेकी थिइन् । जयाको फोन आएपछि रेखा निकै डराइन् । जयाले आफूलाई गाली नगरोस् भन्ने कामना गर्दै उनले फोन उठाइन् तर जयाले निकै आदरपूर्वक उनलाई खाना खान घर बोलाइन् ।
घर बोलाएर जयाले बेइज्जत गर्ने पो हुन् कि भन्ने दोधारकै बीचमा रेखा अमिताभको घर खाना खान गइन् । रेखालाई घर पुग्नेवित्तिकै जयाले भव्य स्वागत गरिन् साथै खुलेर कुराकानी पनि गरिन् ।
खाना खाइसकेपछि बिदाई गर्दै गर्दा जयाले भनिन्, ‘चाहे जे सुकै होस् तर म कहिल्यै अमितलाई छोड्ँिदन ।’ जयाको यो वाक्य सुनेर रेखालाई छागाबाट खसेजस्तै भइन् ।
यो घटनापछि अमिताभले रेखासँग दुरी बढाए । फेरि अमिताभ र रेखाले कहिल्यै सँगै फिल्म खेलेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् कांग्रेसका आदिवासी जनजाति विभागमा मनोनीत १० सदस्य
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
सूर्याको हातमा आयो अर्को ठुलो फिल्म
-
नीरव मोदीको लन्डनस्थित घर बेच्न अदालतकाे अनुमति
-
जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
-
पत्रकारिताको स्तरोन्नति, क्षमता अभिवृद्धि र प्रेस स्वतन्त्रताको आन्दोलनमा किशोर नेपाल