शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोचिङ सेन्टरमा आगलागी हुँदा २१ विद्यार्थीको मृत्यु, हामफाल्दा एक जनाको ज्यान गयो

शनिबार, ११ जेठ २०७६, ०९ : ३३
शनिबार, ११ जेठ २०७६

गुजरातको राजधानी सूरतस्थित एक व्यवसायिक भवनमा आगलागी हुँदा २१ जना विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ः३० मा विद्युत् सट भएर आगलागी भएको थियो । 

आगलागीमा २० विद्यार्थी जिउँदै जलेका थिए भने विद्यार्थीको मृत्यु भवनबाट हामफाल्दा भएको थियो । मृत्यु हुनेमा १८ जना किशोरी र ३ जना किशोर छन् । सबै १५ देखि २२ वर्ष उमेरका विद्यार्थी रहेको दैनिक भास्करले जनाएको छ । आगलागीमा परी ११ विद्यार्थी गम्भीर घाइते भएका छन् । 

आट्र्सको कोचिङ भइरहेको समयमा आगलागी भएको थियो । कोचिङ कक्षामा ४० देखि ४५ विद्यार्थी सामेल थिए । कक्षा भवनको दोस्रो र तेस्रो तलामा चलिरहेको थियो । भूँइतलाबाट आगो लाग्न शुरु भएपछि विद्यार्थीहरु भवनको माथिल्लो तलामा भागेका थिए र त्यहीँ फसे । दमकल आउन ढिलाई भएपछि चौँथो तलाबाट विद्यार्थीहरु हामफाल्न सुरु गरेका थिए । हामफाल्दा ११ जनाको ज्यान बाँच्न सफल भयो भने एक जनाको मृत्यु भयो । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप