शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करण जौहरका रोचक कथा : ‘सेक्सुआलिटी’देखि काजोल–ट्विंकलसँगको सम्बन्ध

शनिबार, ११ जेठ २०७६, १० : ३६
शनिबार, ११ जेठ २०७६

बलिउडका सफल निर्देशक हुन्, करण जौहर । २५ मे १९७२ मा मुम्बईका सुप्रसिद्ध निर्देशक यश जौहरको छोराको रुपमा जन्मिएका करणले जीवनका ४७ औँ बसन्त पार गरिसकेका छन् । 

‘दिलवाले दुल्हनिया ले जाएंगे’ मा सहायक निर्देशकको रुपमा फिल्म निर्देशको दुनियाँमा पाइला टेकेका करणले जीवनको करियरमा निर्देशन, स्क्रिप्ट राइटर, नायक र टेलिभिजन प्रस्तोताको रुपमा आफूलाई स्थापित गरिसकेका छन् । २००६ मा पोल्यान्डको मिस वल्र्ड प्रतियोगितामा ज्यूरीबाट समेत उनलाई सम्मान गरिएको थियो । यो सम्मानबाट सम्मानित हुने उनी पहिलो भारतीय नागरिक हुन् । साथै, उनी पहिलो निर्देशक हुन्, जसको मैनको मूर्ती म्याडम तुसाद म्युजियममा राखिएको थियो ।   

फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेर बलिउड भित्रिएका करणका जीवनमा आएका अनेकन् पाटाहरुलाई केलाउँदा उनको जीवन पनि एक रहस्यमय छैन भन्न सकिन्न । 

२६ वर्षको उमेरमा शारीरिक सम्बन्ध 
उनको जीवनमा आधारित किताब ‘अनसुटेबल बोइ’ को अनुसार उनले जीवनमा पहिलो पटक २६ वर्षको उमेरमा शारीरिक सम्बन्ध बनाएका थिए । उनको फिल्म ‘कुछ कुछ होला है’ को रिलीजको क्रममा उनी न्यूयोर्क गएका थिए । न्यूयोर्कमा नै उनले शारीरिक सम्बन्ध राखेका थिए ।

पैसाको विषयमा काजोलसँग झगडा
काजोलले करण जौहरद्वारा निर्देशित फिल्म ‘कुछ कुछ होता है’ देखि ‘माइ नेम इज खान’ सम्म काम गरेकी थिइन् । कालोज र करण बलिउडमा नै राम्रो सम्बन्ध भएका निर्देशक र अभिनेत्री थिए । तर, पछिल्लो पटक केआरकेको फिल्म ‘ऐ दिल है मुश्किल’ को तारिफ गर्नको लागि करणले २५ लाख दिए भन्ने समाचार आयो त्यसपछि करणले काजोलप्रति असन्तुष्टि व्यक्त गरे । उनले लेखेका थिए, ‘काजोल मेरो लागि महत्वपूर्ण थिइन् तर अब सबै सकियो । उनले २५ वर्षदेखिको हाम्रो विश्वास तोडिदिइन् ।’

करीना–करण झगडा र दोस्ती
करीना र करणको झगडा पनि बलिउडमा चर्चामा थियो । उनले भनेका थिए, ‘मैले करीनालाई ‘कल हो ना हो’ को लागि अफर गरेको थिए । तर उनी शाहरुख खानको जत्ति नै पारिश्रमिक चाहान्थिन् ।’ पछि पिताको सल्लाहमा करणले करीनालाई फोन गरे तर उनले जवाफ दिइनन् । 

ट्विंकलको प्रेममा पागल
ट्विंकल खन्नाको पुस्तक ‘मिसेज फनीबोन्स’ को लन्चमा करणले आफू उनको प्रेममा पागल भएको कुरा खुलाएका थिए । उनीहरु दुवै एउटै बोर्डिङ स्कुलमा सँगै पढ्थे । उनले खन्नालाई उनको दिल तोडेको आरोप समेत लगाएका थिए । उनले खन्नलाई ‘कुछ कुछ होता है’ मा काम गर्नको लागि अफर गरेका थिए । तर खन्नाले उनको प्रस्ताव अस्वीकार गरेकी थिइन् । 
 
'सेक्सुअल ओरिएन्टेशन'

करणले आफ्नो सेक्सुअल ओरिएन्टेशनको बारेमा पनि खुलेर लेखेका छन् । उनले लेखेका छन्, ‘हर कोहिलाई थाहा छ कि मेरो सेक्सुअल ओरिएन्टेशन के हो भनेर । त्यसैले मलार्य चिच्याउँनु जरुरी छैन । र, म यस्तो पनि गर्दिन किनकी म यस्तो देशमा बस्छु जहाँ यस्तो भनेमा जेल जानुपर्ने हुनसक्छ ।’

सरोगेसीबाट पिता
उनले सरोगेसीबाट पिता बन्ने सपना पूरा गरेका छन् । सरोगेसीको मद्दतबाट उनी एक छोरी र एक छोराको पिता बनेका छन् । उनको छोरीको नाम रुही र छोराको नाम यश हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप