शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्तिमानी आरोही कामिरिता शेर्पा ओर्लिए काठमाडौं, एयरपोर्टमा देखियो यस्तो खुसीयाली (फोटोफिचर)

शनिबार, ११ जेठ २०७६, १६ : ४४
शनिबार, ११ जेठ २०७६

काठमाडौं । २४ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका साहसिक आरोही कामिरिता शेर्पा शनिबार काठमाडौँ आइपुगेका छन् ।

उनी लुक्काबाट हेलिकप्टरमा त्रिभुवन विमानस्थलमा उत्रिदा आफन्त तथा समर्थकले खुसी मनाउँदै भव्य स्वागत गरेका थिए । विशेषगरी शेर्पा समूदाय उनलाई खादा लगाएर सम्मान गर्न लामबद्ध देखिन्थे । उनको भव्य स्वागतपछि राष्ट्रिय झण्डासहितको गाडीमा राखेर निवासतर्फ लगिएको थियो ।

कामिरिताले जेठ ७ गते सगरमाथाको २४ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसको एक साताअघि पनि उनले सगरमाथाको सफल आरोहण गरेका थिए ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका सोलुखुम्बु थामेका ४९ वर्षीय शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा  चढेर विश्व रेकर्ड समेत बनाएका छन् ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका छन् । शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने प्रतिक्रिया दिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप