शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व सम्पदा सूचीमा सूचिकृत हुने भनिएका नेपालका १५ सम्पदाको अवस्था अन्योल

आइतबार, १२ जेठ २०७६, ०६ : ४३
आइतबार, १२ जेठ २०७६

विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहिचान गरिएका नेपालका १५ सम्पदाको अवस्था अन्योलमा परेको छ । 

१० वर्ष अघि नेपालले १५ वटा सम्पदाको पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो । प्रत्येक वर्ष विश्वभरिबाट प्राप्त सम्भावना बोकेको सम्पदालाई अद्यावधिक गर्ने विश्व सम्पदा समितिको पूर्ण बैठक जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा बस्दै छ । 

नेपालले प्रत्येक १०÷१० वर्षमा समितिलाई सूची पठाउँदै आएको छ । 
त्यसअघि नेपाल पनि आफ्ना कुन कुन सम्पदा सूचिकृत गर्न अवश्यक मापदण्ड पूरा गरेका छन् कुन छैनन् भन्ने टुङ्गो लगाउनुपर्ने हुन्छ । तर सो काम हुन सकेको छैन । 

नेपालबाट सन् १९९६ मा मुस्ताङस्थित मुतिmनाथ उपत्यकाको गुफा, तोरीको तेलका लागि प्रसिद्ध खोकना, रामग्रामस्थित बुद्धको स्तुपा, पनौती र गोरखाको मध्ययुगीन पूर्वाधार र दरबार तथा तिलौराकोटमा अवस्थित शाक्य वंशको पुरातात्विक अवशेषहरूसँगै लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत हुन योग्य पहिचान गरिएको थियो । लुम्बिनी क्षेत्र भने सूचिकृत हुन सफल भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप