आकासियो तरकारीको भाउ, सबैभन्दा महङ्गो गोलभेडा
आइतबार, १२ जेठ २०७६, ०७ : ३२
जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो ।
झापाको बिर्तामोडमा रहेको प्रदेश –१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँ (खुद्रा) बिक्री हुँदै आएको छ । गतवर्ष गोलभेडाले बिक्री नभएपछि कृषकले राजमार्गमा फ्याँकेका थिए ।
गतवर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती घटाएको बताइएको छ । उत्पादन कम भएका कारण यस वर्ष मंहगीको सबैभन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाँइले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको संसद् बैठक स्थगित
-
भारतमा लोकसभा निर्वाचन : मणिपुरमा गोलाबारी, बंगालमा हिंसा
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
-
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता
-
८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा