बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच उम्मेद्वारको नाम सार्वजनिक, को बन्नेछन् बेलायतका भावी प्रधानमन्त्री ?

आइतबार, १२ जेठ २०७६, ०७ : ५७
आइतबार, १२ जेठ २०७६

बीबीसी

ब्रिटेनमा, प्रधानमन्त्री टेरिजा मे ले आगामी महिना पद त्याग्ने घोषणा गरेपछि कन्जरभेटिभ पार्टिको नेता को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ ।

स्वास्थ्य मन्त्री म्याट ह्यान्कक त्यस्तो प्रतिस्पर्धामा सहभागी हुन चाहने पाँचौँ टोरी नेता भएका छन् ।

उनले बीबीसीसँगको कुराकानीमा ब्रेक्जिट लागु गर्नु अत्यन्त जरूरी रहेको भन्दै टेरिजा मेको उत्तराधिकारीले संसदबाट त्यस्तो प्रस्ताव पारित गराउनका लागि आवश्यक ‘सम्झौताहरू’ का सम्बन्धमा ‘क्रुर इमानदारीता’ देखाउनु पर्ने बताएका छन् ।

‘बोरिस जनसनको नेतृत्वमा काम गर्नेछैन ’

यस्तै रोरी स्टुअर्टले आफू बोरिस जोनसनको नेतृत्वमा काम नगर्ने स्पष्ट पारेका छन् । आफू ब्रेग्जिटको विषयमा उनको अवधारणाप्रति सहमत नभएको उनले जानकारी दिएका छन् । 

स्टुअर्टले सबै नेता र सांसदले ब्रेग्जिटको विषयमा साँचो बोल्नुपर्ने आवश्यकता भएको बताएका छन् । 

स्टुअर्टले बीबीसीसँग भने, ‘मलाई यो भन्दा दुःख लागिरहेको छ तर म उनको (बोरिस जोनसनको) नेतृत्वमा काम गर्न सक्दिनँ । बोरिस निकै प्रतिभाशाली व्यक्ति हुन् र मैले उनीसँग केही दिन अघि मात्र कुराकानी गरेको थिएँ । त्यतिबेला उनले कुनै सम्झौताबिना ईयूबाट बाहिर ननिस्किने बताएका थिए तर अब उनी त्यसको ठिक विपरित बोलिरहेका छन् । हिजो उनले जे भने, त्यसले हाम्रो देश र हाम्रो अर्थव्यवस्थालाई ध्वस्त बनाउनेछ ।’

बोरिस जोनसन त्यही व्यक्ति हुन् जसले सन् २०१६ मा जनमत संग्रहका बेला ‘लिभ क्याम्पृेन’ अर्थात् युरोपेली संघबाट अलग्गिने अभियानको नेतृत्व गरेका थिए । 

अब जोनसनले यदि सत्ता उनको हातमा आए ब्रिटेन अक्टोबरमा कुनै सम्झौतासहित वा सम्झौता बिना नै युरोपेली संघबाट बाहिरिने बताएका छन् । 

सत्ताधारी पार्टिभित्रको नेतृत्वको प्रतिस्पर्धाले नै युकेको भावी प्रधानमन्त्री को हुन्छ भन्ने निर्धारण गर्दछ ।

आगामी जुलाई महिनाको अन्त्यसम्ममा नयाँ नेता चयन भैसक्ने कन्जरभेटिभ पार्टिका नेताहरूले अपेक्षा गरेका छन् ।

टेरिजा मेले शुक्रबार आफूले पार्टि नेताको पदबाट आगामी जुन ७ तारिखमा राजीनामा दिने घोषणा गरेकी थिइन् र उनले पार्टिले नयाँ नेता चयन नगर्दासम्म आफूले प्रधानमन्त्रीको पद सम्हालीरहने बताएकी थिइन् ।

चयन प्रकृया

उनले टोरी ब्याकबेञ्च १९२२ कमिटि भनिने सत्तधारी पार्टिका सांसदहरूको समूहका अध्यक्ष, सर ग्राहम ब्र्याडी, सँग आफूले पद त्यागेको एक हप्तापछि नयाँ नेता चयन गर्ने प्रकृया सुरु हुनु पर्ने सहमति गरेकी छिन् ।

हालसम्म पाँचजना उम्मेदवारले नयाँ पार्टि नेता बन्ने दौडमा सहभागी हुने चाहना सार्वजनिक गरेका छन् ।

विदेशमन्त्री जेरमी हन्ट

अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट

स्वास्थ्यमन्त्री म्याट ह्यान्कक

भूतपूर्व विदेशमन्त्री बोरिस जनसन

भूतपूर्व रोजगार तथा पेन्सनमन्त्री एस्टर मक्भे

आफ्नो उम्मेदवारी घोषणा गर्दै मन्त्री ह्यान्ककले ब्रेक्जिटका कारण देखिएको गतिरोधको अवस्थाको अन्त्य गर्न अर्को आम निर्वाचन गर्न आवश्यक नरहेको बताए । उनले अर्को निर्वाचन गर्नु देशका लागि ‘ठूलो क्षति’ को अवस्था हुने र त्यसबाट लेबोर नेता जेरमी कोर्बिन सत्तामा पुग्न सक्ने भनि व्यंग्यात्मक टिप्पणी पनि गरे।

ध्यान
त्यसको बदलामा बरू हालै संसदबाट ब्रेक्जिट सम्बन्धी सम्झौता पारित गर्ने सम्बन्धमा ध्यान केन्द्रित गरिने उनको भनाई थियो।

गत वर्षको मार्च महिनासम्म कन्जरभेटिभ पार्टिसँग १ लाख २४ हजार सदस्यहरू थिए । पार्टि सदस्यहरू मध्येबाट चुनिएका पछिल्ला नेता सन् २००५ मा डेभिड क्यामरन थिए। सन् २०१६ मा टरिजा मे निर्विरोध चयन भएकी थिइन्।

कन्जरभेटिभ पार्टि सदस्यहरूले पार्टि नेतासँगै प्रधानमन्त्रीको पनि प्रत्यक्ष चयन गर्ने यो पहिलो अवसर हुनेछ ।

डाउनिंग स्ट्रिटबाट पद त्याग्ने घोषणा गर्दै टरिजा मेले भनेकी छन् उनको उत्तराधिकारीले जनमत संग्रहको नतिजालाई सम्मान गर्ने गरी अगाडिको बाटो रोज्नु पर्छ ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप