भाजपा सांसद स्मृति इरानीका निकट सुरेन्द्र सिंहको गोली हानी हत्या
भारतीय लोकसभा चुनावको पूर्ण नतिजा आइसकेको छ तर विभिन्न स्थानमा राजनीतिक वैमनस्यताको विषयमा मानिसहरुबीच तनाव जारी छ । ताजा मामला उत्तर प्रदेशको अमेठीबाट आएको छ । यहाँ अमेठीबाट भारतीय जनता पार्टी (भाजपा) सांसद स्मृति इरानीका निकट एक व्यक्तिको गाली हानी हत्या गरिएको छ । उनको लखनउको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
मिडिया रिपोर्ट अनुसार भाजपा निकट र अमेठीको ग्राम विरौलियाका पूर्व ग्राम प्रधान सुरेन्द्र सिंहको गोली हानी हत्या गरिएको हो । भारतीय समाचार माध्यमका अनुसार हत्यापछि इलाकामा तनाव व्याप्त छ जहाँ कांग्रेस र भाजपा निकट मानिसहरु आमने–सामने भए ।
#Breaking | .@smritiirani's close aide Surendra Singh shot dead. pic.twitter.com/Urbu7Z0TKX
— TIMES NOW (@TimesNow) May 26, 2019
यस विषयमा कांग्रेस र भाजपाका मानिसबीच झडप पनि भयो जसका कारण त्यहाँ तनाव छ ।
पुलिस अधिकारी दयारामले बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहलाई शनिबार राती करिब साढे ११ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको छ । उनलाई गम्भीर अवस्थामा उपचारका लागि लखनउ पठाइयो जहाँ उनको मृत्यु भयो । उनका अनुसार यो मामलामा दुईजनालाई हिरासतमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन