शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१६ महिनाकी बालिकाको जिपले किचेर मृत्यु

आइतबार, १२ जेठ २०७६, १० : ०६
आइतबार, १२ जेठ २०७६

बुटवल । गएराती पाल्पामा सडकमा खेलिरहेकी १६ महिनाकी एक बालिकाको जिपले किचेर मृत्यु भएको छ ।
 
निस्दी गाउँपालिका–१ डमरास्थित रीता पौड्यालकी १६ महिनाकी छोरी रितीका पौड्याललाई रामपुरबाट बाकमलाङ्गतर्फ जाँदै गरेको लु १ ज २४४४ नम्बरको जिपले सडक मै किचेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
 
ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएका प्रहरी निरीक्षक भुपालसिंह रानाको नेतृत्वको टोलीले तत्काल चालक र जिपलाई नियन्त्रणमा लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप