शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोनालाई भ्यालेन्सियाको अर्को चोट

आइतबार, १२ जेठ २०७६, १० : १५
आइतबार, १२ जेठ २०७६

स्पेनिस कोपा डेल रे फुटबलको उपाधि भ्यालेन्सियाले जितेको छ ।

शनिबार राति भएको खेलमा लगातार चार सिजनको विजेता बार्सिलोनालाई २–१ गोलले स्तब्ध बनाउँदै भ्यालेन्सिया च्याम्पियन बनेको हो ।

सन् २००८ पछि पहिलोपटक कोपा डोल रे च्याम्पियन बनेको भ्यालेन्सियाको यो समग्रमा आठौँ कोपा डेल रे उपाधि हो ।

भ्यालेन्सियासँगको हारले बार्सिलोनालाई अर्को चोट लागेको छ । युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाको कोपा डे रे जित्ने सपना पनि चकनाचुर भयो ।

सर्वाधिक ३० पटकको च्याम्पियन बार्सिलोनालाई हराउन भ्यालेन्सियाले पहिलो हाफमै दुई गोल गरेको थियो । २१औं मिनेटमा केभिन गेइमेरोले पहिलो गोल गरेका थिए । ३३औं मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा भ्यालेन्सियाले थप गोलको अवसर पनि खेर फालेको थियो ।

दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको बार्सिलोनाले ७३औं मिनेटमा एक गोल फर्कायो । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले गोल गरे । तर, थप गोल गर्न नसक्दा बार्सिलोना निरास बन्यो र भ्यालेन्सिया च्याम्पियन भयो ।

बार्सिलोना यस सिजन ला लिगाको उपाधिमैै चिक्त बुझाउन बाध्य भएको छ । ला लिगामा भ्यालेन्सिया चौँथो स्थानमा रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप