बुद्ध एयरले भोलिबाट कोलकाता उडान गर्ने
काठमाडौं–बुद्ध एयरले सोमबारबाट भारतको कोलकाता उडान गर्ने भएको छ । कोलकाताको उडान सोमबार बिहान ८ बजे हुनेछ । तर जुलाईदेखि भने समय अगाडि सारेर सात बजे उडान गर्ने बुद्ध एयरले जनाएको छ । हाललाई बुद्ध एयरको एटिआर ७२ ले कोलकाताको उडान भर्नेछ । कोलकाताबाट आउने र जाने दुबै तर्फ यात्रुहरु भरिएका छन् ।
बुद्धले कलकता जाने र आउने भाडा प्रतिव्यक्ति २२ हजार रुपैयाँँ निर्धारण गरेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले अगस्ट तीनबाट गुहावटीपनि उडान गर्ने तयारी भइरहेको बताए ।
गुहावटी उडानका लागि भारतले बुद्ध एयरलाई सैद्धान्तिक अनुमति दिइसकेको छ । सेप्टेम्बर १ देखि बुद्ध एयरले दैनिक ५ उडान भर्नेछ । ५५ उडान मध्यको एक कोलकाता उडान पनि हो ।
कोलकाता र गुहावटी उडानको मूल्यांकन अक्टोबर अन्तिममा गरिने र सफल भयो की भएन भन्ने मूल्यांकनबाट सफल भएमा उडानलाई निरन्तरता दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा