बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गायिका तथा सञ्चारकर्मी सुस्मा राईको नयाँ गीत ‘सुन माया’ बजारमा (भिडियो सहित)

आइतबार, १२ जेठ २०७६, १५ : ०७
आइतबार, १२ जेठ २०७६

काठमाडौं– गायिका तथा सञ्चारकर्मी सुस्मा राईको नयाँ गीत तथा भिडियो ‘सुन माया’ बजारमा आएको छ ।

ईमेज एफएमकी कार्यक्रम प्रस्तोता राई केही समय पहिले बजारमा आएको ‘नबाडन’बाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।पहिलो गीतबाट राम्रो प्रशंसा बटुल्न सफल सुस्माले आफ्नो दोस्रो गीत ‘सुन माया’ भर्खरै बजारमा ल्याएकी छिन् ।

‘सुन माया’को भिडियोमा पनि आफै देखा परेकी सुस्माले दोस्रो गीतलाई पनि दर्शक श्रोताले मन पराउने विश्वास लिएको बताइन् । आफ्नै शब्द र स्वर रहेको उक्त गीतमा कल्यान सिंहले संगित भरेका छन् भने दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् । 

कमेडी शैलीको ‘सुन माया’को भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप