बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘सेलपे’को ब्रान्ड एम्बास्डरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

आइतबार, १२ जेठ २०७६, १६ : १६
आइतबार, १२ जेठ २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडको वालेट लोड गर्न नपर्ने सेलपे सेवाको ब्रान्ड एम्बास्डरमा ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नियुक्त भएका छन् ।

सन् २०१३ मा टेलिकम सेवा प्रदायक कम्पनी एनटीसी र एनसेलको रिचार्ज गर्दा पिन नं. हाल्नु पर्नेलार्ई विस्थापन गर्दै पहिलोपटक पिनलेस टपअप तथा बिल पेमेन्ट सेवा सुरु गर्ने सेलकम प्राईभेट लिमिटेडले आफ्नो सेवामा स्तरोन्नति गर्दै भुक्तानी सेवा सेलपे शुरुवात गर्न लागेको हो । 

भुक्तानी सेवाको प्रतिस्पर्धी बजारमा सेलकम सबै आधारभूत स्ट्यान्डर्ड सेवासहित थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली लिएर बजारमा आउन लागेको सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले बताए ।

सेलपे एउटा अनलाइन पेमेन्ट सेवा हो । विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटुपी, पिटुबी, पिटुजी, बिटुपी, बिटुबी, बिटुजी आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकम भुक्तनी सेवा “सेलपे” को सुरुवात गर्न लागेको हो ।

सेलपेका प्रबन्ध निर्देशक पवन प्रधानले आधारभूत सेवा प्रदान गर्नकै लागि सेलपे नयाँ विशेषता र रणनीतिका साथ बजारमा आएको बताए । उनले सबैभन्दा पहिलो फाइदा सेवाग्राहीले सेलपेमा वालेट बनाउन नपर्ने पनि उनले जनकारी दिए ।

सेलपेका विशेषता 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने द्रुत, सरल तथा मितव्ययी सेवा हो । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ ।

जब कुनै ग्राहकले कुनै पनि भुक्तानीकालागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देश भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो । 

विक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपे मार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्नु सक्नेछन् । अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्क भन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त हुने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप