शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंककोे २८औं शाखारहित बैंकिङ सेवा संचालनमा

आइतबार, १२ जेठ २०७६, १९ : ११
आइतबार, १२ जेठ २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले महोत्तरीको सोनमा गाउँपालिका ३ रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । 

बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानेले गरे । बैंकले शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा उमेश कुमार यादवलाई नियुक्त गरेको छ ।

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । 

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप