शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम

आइतबार, १२ जेठ २०७६, १९ : ४५
आइतबार, १२ जेठ २०७६

ललितपुर– ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी  ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो । 

बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ ।  फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ । प्रहरीले अहिले सर्वसाधारणलाई बम भन्दा १०० मिटर पर हटाइसकेको छ ।

अहिले सुरक्षाकर्मीले बम रहेको छेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बम नेपाली सेनाले डिष्पोज गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप