शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘पायल’मा सपना

सोमबार, १३ जेठ २०७६, ११ : ५०
सोमबार, १३ जेठ २०७६

 काठमाडौं – फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा नयाँ फिल्म ‘पायल’ निर्माण हुने भएको छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने फिल्मको अहिले छायांकन तयारी भइरहेको छ । 

समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार जस्ता अपराधिक एवं संवेदनशिल घटनाका बिषय फिल्मले उठाउन खोजेको छ । 

नरेन्द्र सेन्दाङ, राजकुमार लिङ्देन, सपना ठकुरी, उषा पराजुली, उदय सुब्बा, राजु घिमिरे, प्रेम आले, मेघ मगर, दिलिप ठकुरी, आमन खान आदिको अभिनय फिल्ममा रहनेछ । 

विकास चौधरी संगीत, दिनेश माङमुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व, विक्रम डि.सि.को छायांकन रहने फिल्मका कार्यकारी निर्माता बसन्त थेबे हुन् । सहनिर्मातामा मेखबहादुर मगर र प्रस्तुतकर्तामा आरपी दाहाल रहेको फिल्मकी निर्माता कविता राई लिङ्देन रहेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप