शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुतेको समयमा आफ्नो नजिक नराख्नुहोस् यस्ता सामान

सोमबार, १३ जेठ २०७६, १२ : ०४
सोमबार, १३ जेठ २०७६

दिनभरीको व्यस्तता पछि पनि रातमा निद्र्रा नपरेको दुखेसो सुन्ने गरिन्छ । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने समस्या हुनसक्छ । तर, यसका साथै बास्तु शास्त्रले पनि रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ । उक्त शास्त्रको अनुसार हामीले गर्ने केहि गल्तीका कारण हामीलाई राम्रोसँग निन्द्रा लाग्दैन ।  

बास्तु शास्त्रका अनुसार सुत्ने कोठामा वा विस्तारा नजिकै राखिने केही सामानहरुले पनि हाम्रो निन्दा बिगारिरहेका हुन्छन् ।  

जुत्ता–चप्पल
सुत्ने समयमा सधैँ आफ्ना जुत्ता–चप्पल कोठाभन्दा बाहिर राख्नुपर्छ । यदि जुत्ता वा चप्पल आफ्नो विस्तारानजिकै राख्नुभयो भने तपाईंमा नकारात्मक उर्जा पैदा गर्छ । 

पानीको जग
सिरानी नजिकै पानीको जग राख्ने प्रचलन नै छ । यस्तो गर्दा मानसिक रोगको शिकार हुने बास्तु शास्त्रमा उल्लेख गरिएको छ । पानीको भाँडा सिरानीमा राख्दा चन्द्रमा प्रभावित हुने र स्वाभावमा परिवर्तन गरेर रिसाहा प्रवृतिको हुने बताइन्छ ।

तेल
सुत्ने समयमा कुनै पनि प्रकारको तेल आफ्नो साथमा राख्नुहुँदैन । यसो गर्दा जीवनमा अनेक समस्या र उल्झनहरु आइपर्छन् । 

ऐना 
पति–पत्नीको बिस्तारा नजिकै ऐना राख्नुहुँदैन । यसले शारीरिक रोग पैदा गर्छ । साथै, पति–पत्नीबीच अनावश्यक मनमुटाव हुन्छ । नवविवाहित जोडीले कहिल्यै पनि आफ्नो कोठामा ऐना राख्नुहुँदैन । 

मोबाइल÷ल्यापटप
मोबाइल र ल्यापटप सुत्नुअघि नै आफूभन्दा केहि पर राख्नुपर्ने बताइन्छ । बास्तु शास्त्रले पनि मोबाइल र ल्यापटपले राहु दोष पैदा गर्ने र यसले मानिसमा असर गर्ने उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप