शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कावासोतीमा प्रथम नवलपुर एजुकेशन फेयर हुने

सोमबार, १३ जेठ २०७६, १८ : ४७
सोमबार, १३ जेठ २०७६

नवलपुर । विधार्थीहरुलाई शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले  नवलपुर एफएम १०४.७ मेगाहर्जको आयोजनामा  प्रथम नवलपुर एडु एजुकेशन फेयर हुने भएको छ ।

कावासोतीको  स्वस्तीक पार्टि प्यालेसमा यहि जेठ  १७ र १८ गते हुने उक्त शैक्षिक मेलामा माध्यमिक तथा क्याम्पस तह गरेर करिब २८ शैक्षिक संस्थाका  ५००० विद्यार्थीले अवलोकन गर्नुको साथै जिल्लाका शिक्षा प्रमुख तथा क्याम्पस प्रमुखहरूसँग अन्तक्रिया हुने भएको छ ।

शैक्षिक मेलामा  आउने विद्यार्थी र अभिभावकहरुले विद्यालय तथा कलेजका प्रतिनिधीहरुसँग प्रत्यक्ष भेट गरि अन्तरक्रिया गर्न र सत्य तथ्य जानकारी लिन पाउने व्यवस्था भएको आयोजकले जनाएको छन् । 

साथै उक्त मेलामा अभिभावकहरूले शैक्षिक प्रमुखहरूसँग भेट गरी परामर्श तथा अन्तरक्रिया गर्न सक्नुको साथै  छात्रवृत्तिदेखि लिएर परिपक्व डकुमेन्टेसन  सम्बन्धी पनि परामर्श लिन सक्नेछन् ।

शैक्षिक मेलामा आउने विद्यार्थी र अभिभावकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक संस्थाले जनाएको छ । उक्त शैक्षिक मेलालार्इ १० कक्षा दिएर बसेका विद्यार्थीदेखि  लिएर स्नाकोत्तरसम्म अध्ययनरत  विद्यार्थीले अवलोकन गर्न सक्नेछन् ।

यसका साथै विदेश पढन जाने इच्छुकहरूलाई लक्षित गर्दै नेपाल सरकारबाट मान्यता प्राप्त गरेका  १० भन्दा बढि काउन्सिलर र कन्सल्टेन्सीको पनि सहभागिता गराइएको आयोजकले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप