बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चितुवाको छालासहित चार जना पक्राउ

सोमबार, १३ जेठ २०७६, २१ : ५०
सोमबार, १३ जेठ २०७६

जिरी-सशस्त्र प्रहरी बलले आज दोलखाको सिङ्गटीबाट हिम चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल १८ नं गुल्मले विगु गाउँपालिका–४ ओलीटारबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विक नेतृत्वको टोलीले छालासहित चारै जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक किरणकुमार कठायतले जानकारी दिए ।

आठ फिट लामो छालासँगै बा ९० प ८५१९ नम्बरको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका–२ का मिलन गोले, गौरीशङ्कर गाउँपालिका–५ सुरीका जगदीश खड्का र बिगु गाउँपालिका–४ का भीमबहादुर तामाङ रहेका छन् । उनीहरुलाई गौरीशङ्कर संरक्षण क्षेत्र सम्पर्क कार्यालय चरिकोटलाई बुझाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप