शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ, मदिरा पिएर श्रीमतीलाई छुरा प्रहार

मङ्गलबार, १४ जेठ २०७६, १३ : ३५
मङ्गलबार, १४ जेठ २०७६

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित पैदलयात्रीको साथबाट नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गरेको अवस्थामा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल टोखा बस्ने २५ वर्षीय बसन्त परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले परियारलाई उक्त नगद लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । 

यसैगरी   ३२ वर्षीया श्रीमती ललिता लिम्बुलाई छुरा प्रहार गरेको अभियोगमा धरान उपमहानगरपालिका-१३ जानकी चोक बस्ने ३२ वर्षीय चन्द्रबहादुर लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरेका चन्द्रबहादुरले घरायसी विवाद हुँदा छुरा प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट 
अमरहाडबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई छुरा १ थान सहित पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएकी ललिताको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएकाे छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप