बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जेलमा भएका बैंकरकी श्रीमतीले सपिङमा खर्च गरिन् २ अर्ब २५ करोड रुपैयाँ

बुधबार, १५ जेठ २०७६, १३ : ५२
बुधबार, १५ जेठ २०७६

अजरबैजानकी एक महिलाले लण्डनस्थित डिपार्टमेन्टल स्टोर ह्यारोड्समा १६ मिलियन पाउन्ड अर्थात् २ अर्ब २५ करोड रुपैयाँ बढीको सपिङ गरेको खुलासा भएको छ । स्रोत नखुलेको सम्पत्तिबारे बेलायतमा गरिएको पहिलो अनुसन्धानमा यस्तो खुलासा भएको हो ।

जामिरा हाजियभाले एकै दिनमा ६ लाख पाउन्ड (८ करोड ४७ लाख रुपैयाँ) सम्म खर्च गरेको पत्ता लागेको छ । उनले फेसन ब्रान्ड, गहना र परफ्युममा करोडौं खर्च गर्ने गरेको तथ्य फेला परेको छ । साथै, उनले एकैपटक ३० हजार पाउन्ड (४२ लाख रुपैयाँ) खर्च गरेको र ह्यारोड्स स्टोरको खेलौना विभागबाट १४ करोड बढीको खेलौना किनेकी छिन् ।

हाजियभा, अजरबैजानका बैंकरकी श्रीमती हुन् । अहिले उनी जेलमा छन् ।

उनलाई खर्च गरिएको रकमको स्रोत उपलब्ध गराइदिन निर्देशन दिइएको छ । साथै, उनी र उनका श्रीमानले कसरी यत्तिका सम्पत्ति जोड्न सके भनेर जवाफ माग गरिएको छ । यो जोडीको एउटा घर ११.५ मिलियन पाउन्ड (१ अर्ब ६२ करोड रुपैयाँ) को छ । उनीहरुको यो घर ह्यारोडबाट केही मिनेटमात्रै टाढा छ ।

उनको यो खर्चको विवरण अदालतमा पेश गरिएको छ । अदालतमा प्रस्तुत विवरण अनुसार उनले बाउचेरन नामको गहनाको ब्रान्डमा ४ मिलियन पाउन्ड (५६ करोड रुपैयाँ) खर्च गरेकी छिन् ।

हाजियभाले कार्टियर नामको विलासी गहना र घडीको ब्रान्डमा १.७५ मिलियन पाउन्ड (२४ करोड रुपैयाँ) खर्च गरेकी छिन् । साथै, उनको १.१ मिलियन पाउन्ड (१५ करोड रुपैयाँ)को हिराको औंठी बेलायतको राष्ट्रिय अपराध एजेन्सी (एनसिए) ले अनुसन्धानको क्रममा जफत गरेको छ ।

उनले ह्यारोड्सको परफ्युममा २ लाख ५० हजार पाउन्ड (३५ करोड रुपैयाँ) र डेनिस बासो, सेलिन, फेन्डी र क्रिस्चियन डियोरलगायतका प्रत्येक लग्जरी ब्रान्डमा १ लाख पाउन्ड अर्थात् १ करोड ४५ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । रेकर्ड अनुसार उक्त खर्च उनले एकै दिन गरेकी थिइन् ।

यसका साथै, बेल्जियन चकलेट निर्माता गोदिभामा उनले एकै दिन ३० हजार पाउन्ड ४२ लाख रुपैयाँ खर्च गरेकी छिन् । साथै, वाइन र स्पिरिटमा दुई हजार चार सय पाउन्ड (३ लाख ३९ हजार रुपैयाँ) थप खर्च गरेकी छिन् ।

अदालतमा प्रस्ततु गरिएको दस्तावेज सबै सामानको विवरण नभएपनि एनसिएले जफत गरिएका केही सामानबारे जानकारी दिएको छ । कार्टियरको हिराको औंठीबाहेक उनीहरुले ४ लाख पाउन्ड (५ करोड ६६ लाख रुपैयाँ) का ४९ थान गहना जफत गरिएको छ । यी गहना लण्डनस्थित लिलामी घरबाट हाजियभाका छोरीका लागि लिइएको थियो ।  

उनका श्रीमान् जाहाङ्गिर हाजियभ, ५७, सन् २००१ देखि २०१५ सम्म राज्य नियन्त्रित इन्टरनेशनल बैंक अफ अजरबैजानका अध्यक्ष थिए । पछि उनलाई बाकु, अजरबैजानमा धोकाधडी र भ्रष्टाचारको आरोपमा १५ वर्षको जेल सजाय तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप