बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

४९ महिनापछि तातोपानी नाका खुल्यो, ट्रक आउँदा रेड कार्पेटमा स्वागत (फोटो र भिडियो)

बुधबार, १५ जेठ २०७६, १४ : २७
बुधबार, १५ जेठ २०७६

मितेरीपुल (सिन्धुपाल्चोक)– उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो । 

चिनियाँ र नेपाली पक्षले सीमानाकामा आवश्यक पूर्वाधार निर्माण गरेपछि दुबै देशका अधिकारीको उपस्थितिमा नाका  पुनः सञ्चालनमा ल्याइएको हो । सो क्रममा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, सो क्षेत्रका सांसद अग्नी सापकोटा, शेरबहादुर तामाङ, उद्योग मन्त्रालयका अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतका अधिकारीको सहभागिता रहेको थियो । 

सो क्रममा चीनबाट ऊन बोकेर आएको ४ वटा  ट्रकलाई अतिसबाजीसहित रेड कार्पेटमा स्वागत गरेर नेपाल भित्र्याइएको थियो । 

यसैबीच नाका खुलेपछि स्थानीय तथा व्यापारी व्यवसायीहरु खुसी देखिएका छन् । उद्घाटन कार्यक्रम स्थलमा दुवैतर्फका स्थानीयहरु झन्डा बोकेर उपस्थित भएका थिए । 

नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आएपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् ।

भिडियो हेर्नुहाेस्

फाेटाे हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप