शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सगुन’मा केकः अनलाइनबाटै केक नाइन डटकमको केक खरिद गर्न सकिने

विदेशमै बसेर अर्डर, १ देखि ६ घण्टामै पुग्छ केक
बिहीबार, १६ जेठ २०७६, ०९ : ४४
बिहीबार, १६ जेठ २०७६

कुनै बेला थियो जन्मदिनलाई विशेष बनाउन केक काटिन्थ्यो । केक जन्मदिनको पर्याय नै थियो । जन्मदिनमा मात्रै काटिने केक आजभोलि हरेक उत्सवको पर्याय तथा अपरिहार्य नै बनेको छ ।

नेपालमा केक संस्कार बढेसँगै केकको व्यापार पनि ह्वात्तै बढेको छ । विदेशमा रहेका आफन्तले पनि नेपालमा रहेका आफन्तलाई केक उपहार पठाउन थालेका छन् ।

केक किन्न आजभोलि पहिले जस्तो पसल पसल चहारिरहनु पर्दैन । एक कल फोनको भरमा अथवा अनलाइन पेमेन्टमार्फत आफूले चाहेजस्तो डिजाइन र स्वादको केक चाहेकै ठाउँमा आइपुग्छ ।

अनलाइन व्यावसायको विकाससँगै झनै हरेक सामान खरिदलाई सहज बनाइदिएको छ । व्यस्त जीवनशैली, आफूले चाहेजस्तो मूल्य अनि साइजमा चाहेकै ठाउँमा पुग्ने भएकाले अनलाइन केक व्यावसायले पनि बजार लिन थालेको छ । यस्तैमध्ये एक हो–‘केकनाइन डट कम (www.cake9.com)।’

नेपालमा सन् २०१६ बाट सञ्चालनमा आएको ‘केकनाइन डट कम’ केक प्रेमीहरुका लागि सहज माध्यम बन्दै आएको छ ।

हरेक उत्सवमा अनिवार्य जस्तै बनेको केक ग्राहकसम्म पुर्याउन विगत ३ वर्षदेखि तल्लीन ‘केकनाइन डट कम’ विदेशमा रहेका नेपालीका लागि उत्कृष्ट माध्यम बनिदिएको छ ।

अनलाइन केक व्यावसायमा अग्रस्थानमा रहेको केकनाइन गुणस्तरीय, छिटो र उचित मूल्यमा आफ्ना ग्राहकसमक्ष केक सेवाका लागि समर्पित छ ।

केकनाइन डट कम

मानिसको व्यस्त जीवनशैलीसँगै विकास भएको अनलाइन सेवाले खानादेखि नानासम्म, साना साना घरायसी सामानदेखि घरजग्गाको कारोबारसम्मको सुविधा दिने गरेको छ । अनलाइन आजको आवश्यकता नै बनेको छ ।

अनलाइनको विकाससँगै नेपालमै केही गर्ने सोचका साथ दिवस अधिकारीले केकको अनलाइन व्यावसायको अवधारणा ल्याएका थिए ।

कम्प्युटर इन्जिनियर दिवसले इकमर्स वेबसाइटको विकास गर्दै गर्दा यो अवधारणा आएको थियो । नेपालमा तीव्र गतिमा विकास भइरहेको अनलाइन व्यवसाय र आफ्नो कामको धारले अन्ततः केकको व्यापार गर्ने निर्णय गर्यो र सुरु भयो ‘केकनाइन डट कम ।’

साथीभाइ, परिवार लगायत कुनै पनि उत्सव मनाउँदा केक काट्ने संस्कारलाई सवैले अंगालेको देखेका दिवसले केककै व्यावसायलाई अगाडि बढाउने योजना ल्याए ।

केक संस्कारबाट सिर्जित खुशीले दिने आत्मीयताले पारिवारिक तथा सामाजिक मेललाई अझ निखार्नेमा दिवस ढुक्क थिए । दिवसको सानो रहरले ‘केकनाइन डट कम’ केक सेवाको भरपर्दो माध्यम बनेको छ आज ।

दिवस भन्छन्– ‘ह्याप्पिनेस क्रिएट गर्नमा केकको भूमिका महत्त्वपूर्ण हुन्छ र त्यो ह्याप्पिनेस हामीले दिने कोशिस गरेका छौँ ।’ परिवार साथीभाइमा सुमधुर सम्बन्ध कायम राख्न केकले अहम् भूमिका खेल्ने गरेको छ । त्यसैले यो पेसा आफ्नो प्रमुख रोजाइमा परेको दिवस बताउँछन् । दिवस हाल केकनाइनका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् ।

केकनाइनले सुरुमा केकको अर्डर आएपछि मात्रै केक शप दौडिने र केक खरिद गरी ग्राहक समक्ष पुर्याउने काम गर्यो । केही समय यही चक्र चले पनि अन्ततः काठमाडौंको शङ्खमूलमा आफ्नै फ्याक्ट्री स्थापना गर्न सफल भयो केकनाइन ।

हाल केकनाइनले आफ्नै फ्याक्ट्रीबाट केक उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । दुईजनाबाट सुरु भएको केकनाइनसँग आज १३ जना कर्मचारी रहेका छन् ।

‘केकनाइन डट कम’ले ग्राहकको इच्छाअनुसारको केक बनाइदिन्छ र अर्डर गरेको स्थानमै पुर्याइदिन्छ । अर्डर गरेको १ देखि ६ घण्टासम्म केक पुग्छ । केकनाइनबाट सामान्य केकदेखि डिजाइनवाला केक छिटो र उचित मूल्यमा ग्राहकसमक्ष पुग्छ ।

नेपालमा विशेष गरेर काठमाडौँ, भक्तपुर, ललितपुर मात्रै होइन उपत्यका बाहिरबाट पनि प्रशस्त अर्डरहरू आउने गरेको केकनाइनका प्रमुख कार्यकारी अधिकृत दिवसले बताए ।

रेगुलर ग्राहक मात्रै १० हजारभन्दा बढी रहेको केक नाइनसँग हरेक दिन जसो २५ वटासम्म केकको अर्डर आउने गरेको छ ।

केकनाइनले क्वान्टिटीभन्दा पनि क्वालिटीमा विशेष ध्यान दिएको प्रमुख कार्यकारी अधिकृत दिवस बताउँछन् । त्यसैले ग्राहकले केकनाइनलाई फेरि फेरि सम्झने गरेका छन् ।

केकनाइन डट कमले आफ्ना शाखाहरू विस्तारलाई तीव्रता दिने योजना पनि बनाएको छ । काठमाडौँ शङ्खमूलमा फ्याक्ट्री रहेको केकनाइनले शङ्खमूल र मैतीदेवीमा शाखा खोल्ने तयारी गरिरहेको दिवस बताउँछन् । छिट्टै यी दुई शाखा सञ्चालनमा आउने र काठमाडौँका अन्य स्थानमा पनि शाखा विस्तार गर्दै लैजाने योजना केकनाइनको छ ।

केकनाइनमा केक खरिद गर्दाको अर्को फाइदा हो– क्यासलेस कारोबार । क्यास कारोबारबाट दिक्क ग्राहकलाई यस्तो झन्झटबाट केकनाइनले मुक्ति दिएको छ । केकनाइनबाट केक खरिद गर्दा अनलाइनबाटै पेमेन्ट गर्न सकिन्छ ।

हाल खल्तीबाट पेमेन्ट गर्न सकिने भए पनि छिट्टै नै ई–सेवा, आईएमई पे र विभिन्न बैङ्कहरूबाट सीधै खरिद गर्न सक्ने गरी सम्झौता गर्ने गरी छलफल भइरहेको दिवस बताउँछन् ।

केकनाइन गत वर्ष अमेरिकको सरकारी आइडियामा उत्कृष्ट ११ मा पर्न सफल भयो । उक्त आइडियामा केकनाइनले निकै राम्रो प्रशंसा बटुल्यो, जसले अगाडि बढ्न थप हौसला मिलेको दिवस बताउँछन् ।

सुरुवाती चरणबाटै उत्कृष्ट सेवा दिँदै आएको र सुरुवाती चरणमै पाएको सफलताले अझ जिम्मेवार बनाएको दिवसले बताए ।

केकनाइन डट कम केक खरिद गर्न सकिने एक अन्तर्राष्ट्रिय प्लेटफर्म पनि हो । नेपालमा मात्रै होइन विदेशबाट पनि अर्डर गर्न सकिने भएकाले केकनाइन अन्तर्राष्ट्रिय प्लेटफर्मका रूपमा विकास भएको छ ।

विदेशमा बसीबसी आफन्तलाई केक

केकनाइन डट कम मार्फत नेपालबाट मात्रै होइन विदेशबाट पनि केक अर्डर गर्न सकिन्छ । नेपालमा रहेका आफ्ना आफन्तलाई विदेशमा बसीबसी केक पठाउनका लागि सहज माध्यम बनेको छ ‘केकनाइन डट कम’ ।

आफूले चाहेअनुसारको केक पठाउन नपाएका नेपालीले केकनाइनको सेवासँगै विदेशमा बसीबसी नेपालका आफ्ना आफन्तसँग उत्सव मनाउन पाएका छन् ।

केकनाइनले हाल विदेशबाट र नेपालबाट पनि उत्तिकै सङ्ख्यामा अर्डरहरू लिने गरेको छ । छिटो र उत्कृष्ठ गुणस्तरको केक तयार हुने भएकाले ग्राहकले पटक पटक केकनाइनलाई सम्झने गरेको प्रमुख कार्यकारी अधिकृत दिवसले बताए ।

विदेशमा बस्ने नेपालीलाई टार्गेट गरेर सुरु भएको केकनाइन हाल नेपालमा पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ । नेपालमा रहेका आफ्ना आफन्तसम्म केक पुर्याउनका लागि सहज माध्यम बनेको केकनाइनमा केक खरिद गर्दा विदेशको डलर कार्डहरू जस्तो, डेबिट, क्रेडिट, मास्टर कार्ड, अमेरिकन एक्सप्रेस, जेसीबी लगायतका सबै कार्डबाट सजिलै खरिद गर्न सकिन्छ ।

केकनाइनले अनलाइन खरिद गर्दा पेमेन्टका अन्य झन्झटिला माध्यमको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएकोमा ग्राहक खुसी छन् ।

केकनाइनमा हाल अमेरिका, यूके, अस्ट्रेलिया, हङकङलगायतका देशबाट २० प्रतिशतभन्दा बढी अर्डरहरू आउने गरेको छ । धेरै नेपालीले केकनाइनको फेसबुक पेजबाटै अर्डर गर्ने गरेका छन् । त्यो बाहेक फोन तथा मेसेजबाट पनि अर्डर गर्न सकिन्छ ।

अर्डर म्यानेजमेन्ट सफ्टवेयर

केकनाइनको फरक र बलियो पाटो हो– ‘अर्डर म्यानेजमेन्ट सिस्टम’ । केकनाइनमा एक पटक अर्डर गर्ने ग्राहकले दोस्रो पटक अर्डर गर्दा आफ्नो बारेमा बताइराख्नु पर्दैन । किन कि पहिलो पटक अर्डर गर्ने ग्राहकको जानकारी केकनाइनको सफ्टवेयरमा सेभ भएर बसेको हुन्छ । यसले सँधै लोकेसन र ग्राहकको विवरण दिईराख्नु पर्दैन । 

पहिलो पटक केक खरिद गरेपछि केकनाइनले नयाँ युजरका रूपमा ग्राहकको आईडी क्रियट गरिदिन्छ । अर्को पटकबाट नाम वा फोन नम्बर राखेपछि उक्त ग्राहकको सम्पूर्ण विवरण केकनाइनको सफ्टवेयरमा आउँछ ।

केकनाइनले आफ्नै एप पनि विकास गरेको छ । जसले गर्दा ग्राहकको लोकेसन, विवरणका साथै गुगल म्यापको प्रयोग पनि सहज हुनेछ ।

अनलाइनमार्फत सामान खरिद गर्दा बारम्बार फोन गरिरहनुपर्ने बाध्यताले आम उपभोक्ताले हैरानी खेपिरहेका बेला केकनाइनले सजिलो विकल्प बनिदिएको छ । झन्झटिलो डेलिभरी सिस्टमबाट छुटकारा दिन र समयको सही सदुपयोग होस भनेर नै केकनाइनले एपको विकास गरी ग्राहकले चाहेको स्थानमा सहजै पुग्न सक्ने गुगल म्यापको प्रयोगलाई प्राथमिकता दिएको बताएको छ ।

प्रमुख कार्यकारी अधिकृत दिवस आफै कम्प्युटर इन्जिनियर भएकाले पनि उनले कम्पनीमा प्रविधिको भरपुर उपयोग गरेका छन् । सम्पूर्ण रूपमा कम्पनीलाई अटोमेसनमा ढालेका दिवसले डेलिभरी ब्वाइले पनि मोबाइल एपको माध्यम कुन ठेगानामा पुर्याउने हो पिन राखेपछि थाहा हुने टेक्नोलोजीलाई प्रयोगमा ल्याउन लागेको बताए ।

खुशीको सगुन केक

हरेक उत्सव वा खुसी साट्ने माध्यम, अझ नेपाली शैली (संस्कार) अनुसार भन्नुपर्दा खुसीको सगुन बनेको छ केक ।

घरायसी पक्वान वा दहीलाई सगुनका रूपमा हेरिने हाम्रो समाजले आजभोलि केकलाई सगुनको रूपमा उपयोग गर्न थालेको छ । जन्मदिन होस् वा विवाह उत्सव, परीक्षामा पास, कसैलाई बिदाइ गर्दा वा स्वागत गर्दा, आमा बाबुको मुख हेर्ने दिनदेखि नयाँ कामको सुरुवात गर्दा पनि केक काटेर मनाउने चलन बढ्दै गइरहेको छ ।

यस्तै संस्कारको विकाससँगै विकास भएको केकनाइनले हरेक उत्सवलाई मध्यजनर गरेर विभिन्न डिजाइन र स्वादका केक उत्पादन गर्दै आएको छ । ग्राहकको रोजाइ अनुसारको केक बन्ने र अनलाइबाटै खरिद गर्न पनि सकिने भएकाले साना साना पल साट्नदेखि ठूला ठूला उत्सव मनाउन पनि केकनाइन रोजाइमा परेको छ ।

आमाको मुख हेर्ने औंशीमा मात्रै केकनाइनले ३०० भन्दा धेरै केक बेच्यो । यसले के देखाउँछ भने आज भोलि केकलाई उत्सव मनाउन मात्रै होइन, सगुनका रूपमा पनि प्रयोग गर्न थालिएको छ ।

क्वालिटीमा नो कम्प्रोमाइज

केकनाइनले नेपालमा चल्दै आएको ट्रेन्डभन्दा फरक ढङ्गबाट आफूलाई अगाडि बढाउँदै लगेको बताएको छ । ‘क्वान्टिटी अफ प्रोडक्सन भन्दा पनि क्वालिटी अफ प्रोडक्सन’मा कम्पनी केन्द्रित रहेको केकनाइनका प्रमुख कार्यकारी अधिकृत दिवस बताउँछन् ।

केकनाइनले ए लेभलको उत्कृष्ट कच्चा पदार्थको प्रयोग गर्दै आएको छ । त्यस्तै, विभिन्न कलर तथा फ्लेभरका लागि पनि गुणस्तर चिन्ह प्राप्त कच्चा पदार्थ नै प्रयोगमा ल्याएको सीईओ दिवस बताउँछन् ।

उनी भन्छन्, ‘केकनाइन नै किन रोज्ने त ? भन्ने आम ग्राहकको प्रश्न हुन सक्छ । त्यसैले पनि हामीले क्वालिटी बेसमा कम्पनीलाई अगाडि बढाएका छौँ । आफ्नै फ्याक्ट्रीबाट ग्राहकको चाहनाअनुसारको केक तयार पारी ग्राहकले चाहेको स्थानसम्म पुर्याउँदा केकको डिजाइन र गुणस्तरमा कति पनि कमी आउन दिँदैनौँ । त्यसैले हाम्रा ग्राहक एक पटक हामीसँग केक लिएपछि फेरि फेरि केक अर्डर गर्नुहुन्छ । यही हो हाम्रो सबल पाटो । यसलाई हामी सधैँ कायम राख्न प्रतिबद्ध छौँ ।’

केकनाइनले अर्डर गरेको केकमा केही खराबी आइहालेमा पनि तुरुन्तै रिप्लेस गरिदिने सुविधा पनि दिएको दिवस बताउँछन् ।

क्वालिटीकै कारण हाल काठमाडौँमा रहेका थुप्रै होटल, रेस्टुरेन्ट, लाउन्ज तथा ब्याङ्केटहरूले आफ्ना ग्राहकलाई सरप्राइज दिन केकनाइनका केक नै रोज्ने गरेका छन् । केक सेलिब्रेसनले खुसी निम्त्याउने भएकाले पनि विभिन्न होटल तथा रेस्टुरेन्ट व्यावसायीहरू आफ्ना ग्राहकको खुसीका लागि केक गिफ्ट दिने गरेको छ ।

केकनाइनका अन्य उत्पादन

केकनाइनले केक मात्र उत्पादन गर्दैन, विभिन्न स्वादका कुकिज, दुनोट, फ्रुट केकलगायतका बेकरी उत्पादन गर्दै आएको छ ।

केकनाइनका कुकिज अहिले विभिन्न सभा समारोह, बैठक, गोष्ठी, सेमिनारमा पहिलो रोजाइमा पर्न थालेका छन् । त्यसैगरी, विभिन्न बैङ्कहरूका एजीएम तथा बैठकहरूमा पनि केकनाइनका कुकिजले वर्चस्व कायम गर्न थालेका छन् ।

केकनाइनले केक मात्र होइन अन्य उत्पादनलाई पनि बढाउँदै लैजाने योजना अगाडी सारेको छ । जसले नेपालमै बसेर केही गर्न चाहने हो भने थुप्रै अवसरहरु र बाटाहरु भएको प्रमाणित गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप