मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दीपक मनाङ्गेको ‘पोइ पर्‍यो काले’ छायाँकन सुरु

बिहीबार, १६ जेठ २०७६, ११ : ५३
बिहीबार, १६ जेठ २०७६

काठमाडौं – दीपक  मनाङ्गे निर्माता रहेको फिल्म ‘पोइ पर्यो काले’को छायाँकन सुरु भएको छ । बुधवार पोखराको विन्दावासिनी मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । 

अभिनेत्री पूजा शर्मा, अभिनेता सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ । 

फिल्मलाई शिशिर राणाले निर्देशन गर्दैछन् । कथा समेत उनको रहेको फिल्ममा शिव ढकालको छायाँक्न, सुवास भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत र कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ । 

तारा प्रकाश ‘किम्भे’को सम्पादन रहने फिल्मको प्रस्तुतकर्तामा श्याम बहादुर थापा हुन् । दिपकलाई फिल्म निर्माणमा अ. देवि राईले सघाउदै छिन् । फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् । 
‘पोइ पर्यो काले’को कथावस्तुमा सामाजिक र कमेडी रहेको निर्देशक राणाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप