शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमा सबैका मागलाई समेट्न गाह्रो : मुख्यमन्त्री पोखरेल

बिहीबार, १६ जेठ २०७६, १८ : ५८
बिहीबार, १६ जेठ २०७६

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्रोत सीमित र नागरिकका अपेक्षा असाधारण भएकाले आगामी बजेटमा सबैका मागलाई समेट्न गाह्रो हुने बताएका छन् ।

प्रदेश ५ प्रदेश सभाको चौथो अधिवेशन अन्र्तगत सातौं बैठकमा पेश गरिएको विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकतामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै पोखरेलले यस्तो बताएका हुन् । 

मुख्यमन्त्री पोखरेलले गतवर्षका वार्षिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बाध्यता भएकाले यो वर्ष धेरै नयाँ कार्यक्रम थप गर्न गाह्रो भएको बताए ।

प्रदेश सरकारले आवधिक योजना बनाइसकेकाले सोही अनुसारको बजेट बनाउनुपर्ने सरकारको दायित्वलाई बुझ्न सांसदहरुलाई आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले छनौटमा परेका योजनालाई समयमै व्यवथापन गर्न सांसदहरुलाई सुझाव दिएका थिए । 

सो विधेयकमाथि सांसदहरु दिनेश पन्थी, कल्पना पाण्डे, दिपेश थारु, अष्टभुजा पाठक, भगवतीदेवी भण्डारी, फकुरुद्दिन खाँणले विभिन्न सुझावहरु राखेका थिए । 

यसअघि तेस्रो अधिवेशनबाट पारित र प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका ८ वटा विद्येयक सभामुख पूर्णबहादुर घर्तीले सदनमा पढेर सुनाएका थिए । 

प्रदेश पाँचमा निति तथा कार्यक्रम पारित भएको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप