शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उथलपुथलले भरिपूर्णमहान वैज्ञानिक न्यूटनको जीवनी :

झन्डै किसान बनेका न्यूटनले अन्धविश्वासी कर्ममा पनि हात हालेका थिए

जन्मदा धेरैले न्युटन बाँच्दैनन् भन्ने सोचेका न्यूटन ८४ वर्षसम्म बाचेँ
बिहीबार, १६ जेठ २०७६, २३ : २०
बिहीबार, १६ जेठ २०७६

आइजक न्युटन (जन्म ः सन् १६४३ जनवरी ४; मृत्यु ः १७२७ मार्च ३१) विश्व चर्चित भौतिकशास्त्री र गणितज्ञ हुन् । उनको खोजले १७ औँ शताब्दीमा जारी वैज्ञानिक क्रान्तिलाई ठूलो सहयोग पुर्‍याएको थियो । विज्ञान जगतमा उनले पु¥याएको योगदानका लागि उनको गणना महान वैज्ञानिकमध्येमा गरिन्छ ।

न्युटनको ‘फिलोसोफिया न्याचुरलिस प्रिन्सिपिया म्याथेमेटिका (म्याथमेटिकल प्रिन्सिपल अफ न्याचुरल फिलोसोफी)’लाई भौतिकशास्त्रको सबैभन्दा प्रभावशाली पुस्तक मानिन्छ ।

महान वैज्ञानिक न्युटनलाई सन् १७०५ मा बेलायतले देशको सर्वोच्च उपाधि ‘नाइटहुड’ले सम्मानित गर्यो । त्यसपछि उनलाई ‘सर’ आइजक न्युटन भन्न थालिएको हो ।

पिताको अभाव र आमासँगको दूरीमा बितेको बाल्यकाल

आइजक न्युटनको जन्म एक समृद्ध किसान परिवारमा भएको थियो । उनी आफ्ना मातापिताको एक मात्र सन्तान थिए । तर न्युटन जन्मनु तीन महिनाअघि उनको पिताको मृत्यु भएपछि न्युटनले परिवारको वैभव अनुसारको खुसी भने पाउन सकेनन् ।

जन्मदा न्युटनको शरीर यति सानो र दुर्बल थियो कि धेरैले न्युटन बाँच्दैनन् भन्ने सोचेका थिए । तर उनी ८४ वर्षसम्म बाचेँ । चार सय वर्षअघिको समाजका लागि उनको जीवनकाल निक्कै लामो हो ।

न्युटन तीन वर्ष हुँदा उनको आमा हनाह ऐसकफ न्युटनले एक धनाढ्य पुरुषसँग दोस्रो विवाह गरिन् । विवाहपछि हनाहले छोरालाई मामाघरमा छाडेकी थिइन् । 

परिवारको यस विग्रहले न्युटनको बालमस्तिष्कमा ठूलो छाप पारेको विश्वास गरिन्छ । जीवन कालभरी उनीमा रहेको असुरक्षाको भावना बाल्यकालमा पिताको देहवसान अनि आमासँग टाढिँदाको अनुभवबाट विकास भएको विश्वास गरिन्छ ।

न्युटन १२ वर्षको पुग्दा उनको आमाको दोस्रो श्रीमानको पनि मृत्यु भयो । त्यसपछि उनी पुनः माइती फर्किइन् । आमासँग पुनरमिलन हुँदा न्युटनले आमाको दोस्रो विवाहबाट भएका तीन भाइबहिनी पनि पाएका थिए ।

झण्डै किसान बनेका थिए न्युटन

न्युटनको मावलीले उनलाई राम्रो शिक्षादीक्षाको व्यवस्था गरेको थियो । न्युटनलाई लिङ्कनसायरको ग्रानथम किङ्ग स्कुलमा भर्ना भरिएको थियो । त्यहाँ उनको बसोबास स्थानीय औषधि निर्मातासँगै थियो । त्यहीँको बसाइको क्रममा उनमा विज्ञानप्रतिको चाख गढेको विश्वास गरिन्छ । 

न्युटनकी आमा हनाह शिक्षाभन्दा पनि खेती किसानी (जमिन्दारीलाई) ठूलो ठान्थिन् । ती दिन जमिनदार समाजको सबैभन्दा प्रतिष्ठित व्यक्ति हुने भएकाले न्युटनको भविष्यबारे आमाको छनौट त्यति अनौठो थिएन ।

तर १२ वर्षको उमेरमा उनको आमा माइत फर्किएपछि भने न्युटनको शिक्षा केही समयका लागि अवरुद्ध भयो । न्युटनकी आमा हनाह शिक्षाभन्दा पनि खेती किसानी (जमिन्दारीलाई) ठूलो ठान्थिन् । ती दिन जमिनदार समाजको सबैभन्दा प्रतिष्ठित व्यक्ति हुने भएकाले न्युटनको भविष्यबारे आमाको छनौट त्यति अनौठो थिएन ।

तर न्युटनलाई पनि खेतीकिसानीमा कुनै रुचि थिएन । उनी दिनभरी खेतीपातीको निगरानी गर्दा अत्यन्त विरक्तिका साथ बसेका देखिन्थे । यस्तो अरुचि देखेपछि न्युटनलाई परिवारले पुनः स्कुल फिर्ता गर्यो । न्युटनले आधारभूत तहको बाँकी शिक्षा  किङ्ग स्कुलमा सकाए ।

विश्वविद्यालय शिक्षा

पठनप्रतिको न्युटनको रुचि र प्रतिभा न्युटनका मामाले ख्याल गरिरहेका रहेछन् । आफै युनिभसिर्टी अफ क्याम्ब्रिजको ट्रिनिटी कलेजमा पढेका उनका मामाले उनलाई पनि त्यही भर्ना गर्न परिवारसँग आग्रह गरे । यसका लागि उनले न्युटनकी आमालाई मनाए पनि ।

न्युटन क्याम्ब्रिज पुग्दा १७औँ शताब्दीको वैज्ञानिक क्रान्ति सुरु भइसकेको थियो । प्राज्ञिक क्षेत्रमा पृथ्वी ब्रह्माण्डको केन्द्र नभएर सूर्य हो भन्ने प्रस्तुतिले ठूलो हलचल मच्चाएको थियो । खगोलविद् निकोलस कोपरनिकस र जोहान्स केप्लरले प्रस्तुत गरेको र पछि ग्यालिलियोबाट समर्थन पाएको उक्त सिद्धान्त सम्पूर्ण युरोपेली प्राज्ञ वृत्तमाझ चर्चामा थियो ।

त्यस्तै दार्शनिक रेने डेकार्टले प्रकृति देवी नभएर भौतिक अवधारणा भएको अवधारणा अघि सारेका थिए । यस तत्कालीन कट्टरपन्थी युरोपमा झनै ठूलो तरङ्ग ल्याएको थियो । वैज्ञानिक समुदायमा पनि धर्म र कट्टरपन्थको ठूलो प्रभाव भएको समय थियो, त्यो अवधि ।

युरोपका अधिकांश विश्वविद्यालय जस्तै न्युटन पढ्न गएको क्याम्ब्रिजले अरिस्टोटलको प्रकृतिलाई देवी रूपमा पढाउँथ्यो । त्यस व्याख्यानमा प्रकृतिलाई परिमाणको रूपमा नभएर गुण (मानवीय स्वभावजसरी) को रूपमा हेर्नुपर्ने आग्रह थियो ।

क्याम्ब्रिज गएपछिको पहिलो वर्ष न्युटन विश्वविद्यालयका पाठ्यपुस्तकमा मात्र केन्द्रित भए । तर उनी उन्नत खालको विज्ञानप्रति मोहित थिए । पछिका वर्षमा उनले यही मोह मेटाउने प्रयास स्वरूप आफूलाई अधिकांश समय आधुनिक युरोपेली दर्शनशास्त्रीका पुस्तकमा डुबाउन थाले । यसले उनको विश्वविद्यालयको पढाइमा असर गर्यो ।

यस अवधिमा उनले लेखेको नोटमा उनको प्रतिभा देखिन थालिसकेको छ । हाल ‘क्वेसन्स क्वेइडम फिलोसोफिक (केही दाशीनक प्रश्नहरू)’ नाम दिइएका उक्त अवधिका नोटमा न्युटनले प्रकृतिको नयाँ अवधारणा पहिल्याएको देखिन्छ । हुन त न्युटनले कुनै विशिष्ट श्रेणीमा पास नगरे पनि उनको प्रयासका लागि भावि चार वर्षे शिक्षाका लागि आर्थिक सहयोग भयो ।

युरोपमा प्लेगको महामारी र स्याउ टाउकोमा खसेका मिथक

सन् १६६५ मा युरोपलाई तहस नहस बनाएको ‘प्लेग’ को महामारी क्याम्ब्रिज आइपुग्यो । महामारीले ठूलो रूप लिएर पछि न्युटनको विश्वविद्यालय बन्द भयो ।

विश्वविद्यालय बन्द भएपछि न्युटन घर फर्किए । सन् १६६५ र १६६७ बीच घरमा रहँदाको समय न्युटनको लागि सबैभन्दा उपयोगी रह्यो । त्यहाँ उनी सम्पूर्ण अवधि पढाइमा लागेको बताइन्छ । त्यही अवधिमा नै उनले ‘प्रिन्सिपा’को सम्पूर्ण पाण्डुलिपि तयार भएको थियो ।

आम प्रचलित धारणाअनुसार न्युटनले यही अवधिमा बगैँचा बसिरहँदा उनको टाउकोमा स्याउ खसेको र उनको दिमागमा गुरुत्वा सिद्धान्त सोच आएको बताइन्छ ।

https://i.ytimg.com

न्युटनको टाउकोमा स्याउ खसेको कुनै प्रमाण भने पाइँदैन । तर उनको खेतमा धेरै स्याउका रूख भएकाले स्याउ खसेको देखेको हुुनुपर्छ । त्यसकै आधारमा उनले गति र गुरुत्वको सिद्धान्त खोजी सुरु गरेको हुनुपर्छ ।

तर न्युटनको टाउकोमा स्याउ खसेको कुनै प्रमाण भने पाइँदैन । तर उनको खेतमा धेरै स्याउका रूख भएकाले स्याउ खसेको देखेको हुुनुपर्छ । त्यसकै आधारमा उनले गति र गुरुत्वको सिद्धान्त खोजी सुरु गरेको हुनुपर्छ ।

यही अवधिमा न्युटनले उनलाई चिनाउने कैयौँ महत्त्वपूर्ण परिकल्पना जनाएका थिए । त्यसमा क्यालकुलस हिसाब गर्ने विधि, प्रकाश र रङ्गको आधार र ग्रहीय गतिको नियम पर्छन् । यी सम्पूर्ण सामग्री उनको प्रिन्सिपियामा आएको छ ।

दुई वर्षपछि न्युटन पुनः क्याम्ब्रिज फर्किए । त्यहाँ उनी ट्रिनिटी कलजेमा सामान्य अनुसन्धादाताका रूपमा छानिए । उनले त्यो बेलासम्म पनि सामान्य अध्येता मानिन्थ्यो । त्यही आधारमा उनलाई कनिष्ठ अनुसन्धानदाताका रूपमा छानिएका थियो ।

सन् १९६९ मा २७ वर्षको उमेरमा उनले मास्टर अफ आर्ट डिग्री हासिल गरे । यो समयमा उनी निकोलस मरकाटरको प्रकाशित पुस्तक भेटे । त्यसमा उनले इन्फाइनाइट सेरिजको हिसाब गर्ने विधि थियो । त्यसलाई आधार बनाएर उनले एक ‘डी एनालाइसी’ लेखे । यो कुरा उनले मित्र तथा शिक्षक आइजक बर्रोलाई दिएका थिए । सङ्कोचका कारण त्यसमा उनले लेखकका रूपमा नाम भने लेखाएका थिएनन् ।

सन् १६६९ जुनमा बर्रोले लेखकको नाम उल्लेख नभएको पाण्डुलिपि अर्का ब्रिटिस गणितज्ञ जोन कोलिन्सलाई दिए । कोलिन्सले त्यसको उच्च मूल्याङ्कन गरेपछि बर्रोले उक्त पाण्डुलिपिको लेखकका रूपमा न्युटनको परिचय गराएका थिए । पहिलो पटक न्युटन ब्रिटिस गणितज्ञ समुदायमा परिचित भएका थिए ।

न्युटनका प्रमुख खोज

न्युटनले प्रकाश, गति र गणितमा महत्त्वपूर्ण खोज गरेका छन् । सेतो प्रकाशको रङ सम्पूर्ण रङ मिसिँदा बनेको हो भन्ने सिद्धान्त पत्ता लगाएको छ । त्यस्तै प्रकाश कणबाट बनेको छ भन्ने पत्ता लगाउने पनि उनै हुन् ।

गणितको एकदम महत्त्वपूर्ण क्यालकुलसको सिद्धान्त उनी र जर्मन गणितज्ञ विल्हेम भोन लेइब्नीजले एकै पटक स्वतन्त्र रूपमा बाहिर ल्याएका थिए । पछि क्यालकुलसको आविष्कार कसले पहिले गरेको भनेर दुई वैज्ञानिकबीच  लामो विवाद पनि चल्यो ।

भौतिकशास्त्र सबैभन्दा महत्त्वपूर्णमध्ये एक मानिने ‘प्रिन्सिपिया’लाई उनको सबैभन्दा ठूलो योगदान मानिन्छ । यसमा ऊर्जाबाहेक भौतिकशास्त्रका सबै आधारभूत अवधारणाको सूचना हुन्छ । यही पुस्तकको आधारमा गतिको नियम र गुरुत्वको सिद्धान्त व्याख्या गर्न सहयोग पुगेको थियो ।

भौतिकशास्त्र सबैभन्दा महत्त्वपूर्णमध्ये एक मानिने ‘प्रिन्सिपिया’लाई उनको सबैभन्दा ठूलो योगदान मानिन्छ । यसमा ऊर्जाबाहेक भौतिकशास्त्रका सबै आधारभूत अवधारणाको सूचना हुन्छ । यही पुस्तकको आधारमा गतिको नियम र गुरुत्वको सिद्धान्त व्याख्या गर्न सहयोग पुगेको थियो ।

‘प्रिन्सपिया’ र गति र गुरुत्वको नियम

सन् १६८७ मा १८ महिनासम्मको अनवरत गहन र प्रभावकारी कामपछि न्युटनले फिलोसोफिया नेचुरालिस प्रिन्सिपिया म्याथेम्याटिका (म्थाथेम्याटिकल प्रिन्सिपल्स अफ न्याचुरल फिलोसोफी) प्रकाशि भयो । त्यसलाई छोटोमा प्रिन्सिपिया भनिन्छ । यसको प्रकाशनसँगै न्युटनको अन्तर्राष्ट्रिय ख्याती बढ्यो ।

प्रिन्सिपियाले गतिमा रहेको वस्तुको बारे परिमाणात्मक व्याख्या प्रस्तुत गर्यो । त्यसैलाई आज न्युटनको गतिको नियम भनिन्छ । गतिको नियममा निम्न तीन बुँदा पर्छन् ः

१) प्रत्येक स्थिर वस्तु बाह्य बल नलगाएसम्म वस्तु स्थिर रहिरन्छ,

२) बल पिण्ड र प्रवेशको गुणन बराबर हुन्छ र गतिको परिवर्तन प्रयोग भएको बलको अनुपातमा हुन्छ, र

३) प्रत्येक कार्यका लागि बराबर तर उल्टो प्रतिक्रिया ।

त्यस्तै यी तीन नियमले नै उनलाई गुरुत्वको सिद्धान्तको खोजमा सघायो । न्युटनको गुरुत्वाकर्षणसम्बन्धी नियम ब्रह्माण्डको कुनै पनि दुई वस्तुले एकअर्कालाई आकर्षित गर्छ र त्यो आकर्षण बल तिनको पिण्डको अनुपातमा र तिनको केन्द्रबीचको दूरीको वर्गको अप्रत्यक्ष अनुपातमा आउँछ ।

यी दुई नियमले ग्रहको अर्ध गोलाकार परिपथलाई मात्र व्याख्या गर्न सघाउँदैन कि यसले ब्रह्माण्डका हरेक गतिको व्याख्या गर्छ । जस्तो सूर्यको गुरुत्वको हिचाबले कसरी ग्रहलाई परिपथमै कायम राख्छ । मङ्गल ग्रह कसरी पृथ्वी वरिपरि भन्नेदेखि लिएर ध्रुम्रकेतु कसरी सूर्यको वरिपरि अर्थ गोलाकार परिपथमा घुम्छसम्मको व्याख्या गर्छ ।

तीनको सहयोगमा प्रत्येक ग्रहको पिण्ड मापन गर्नेदेखि पृथ्वीको ध्रुवमा किन थेप्चो छ र इक्वेटरमा फुकेको छ जस्ता कुरालाई पनि व्याख्या गर्छ । त्यस्तै पृथ्वीको समुद्रमा आउने छाल पनि चन्द्रमाको पृथ्वीमा गुरुत्वबलको प्रभाव हो भन्ने थियो ।

प्रिन्सिपियाको प्रकाशनपछिको जीवन

प्रिन्सिपियाको प्रकाशनपछि न्युटनले जीवनको नयाँ दिशातर्फ ध्यान लगाए । उनले क्याम्ब्रिजको पदमा रुचि दिन छाडे । उनी अन्य मुद्दामा संलग्न हुन थाले । उनले तत्कालीन राजा जेम्स द्वितियाले क्याम्ब्रिजमा क्याथोलिक शिक्षा पुनर्स्थापना गर्न खोज्दा भएको प्रतिरोधको नेतृत्व गर्न सघाए । सन् १६८९ मा उनी संसद्मा क्याम्ब्रिजको प्रतिनिधित्व गर्न चुनिएका थिए ।

उनकै जीवनकालमा ब्रिटिस वैज्ञानिक समाजमा एरिस्टोटलको दर्शनको सट्टा न्युटनको विधि प्रयोग हुन थालेका थिए । यसलाई उनी आफैले जीवनको सबैभन्दा ठूलो सौभाग्यका रूपमा लिएका थिए ।

तर यस्तो सम्मानका बीच पनि सन् १६९३ मा न्युटन मानसिक रूपमा नराम्ररी थलिए । यसको कारणबारे धेरैले धेरै थरी कारण दिएका छन् । जस्तो बेलायतको नयाँ राजाले उनलाई शीर्ष पदमा नचुनेको, उनका नजिकका मित्र डुइलिइएरसँगको मित्रता टुटेपछिको पीडाले भएको मान्ने पनि छन् । त्यस्तै उनको अत्यधिक लामो कामले उत्पन्न गरेको थकान र पारो संलग्न अनुसन्धानमा दशकौँको संलग्नता उनको स्वास्थ अवस्थामा जिम्मेवार मान्नेहरू पनि थुप्रै छन् ।

त्यसपछि उनले आफ्ना मित्र र आफन्तहरूलाई लेखेको पत्रमा उनी दिग्भ्रमित भएको देखिन्छ । ती सबैलाई उनले आफूविरुद्ध षड्यन्त्रमा संलग्न भएको र धोका दिएको लेखेका छन् ।

तर न्युटनलाई चाँडै उनको दुरावस्थाले छाड्यो । उनले पहिले चिठ्ठी लेखेर गाली गरेका साथीलाई पुनः चिठ्ठी पठाएर माफी मागेका छन् ।

यसपछि उनले वैज्ञानिक समस्याप्रतिको रुचि छाडेर आफूलाई भविष्यवाणी, धार्मिकग्रन्थ र किमियागिरीजस्ता अन्धविश्वासी कार्यमा लगाएका छन् । धेरैले उनको यो अवधिका कृति हेर्ने हो भने विज्ञान जगतमै क्रान्ति ल्याउने व्यक्तिले यस्ता अध्ययनमा पनि लगाए भनेर अचम्म मान्न सक्छन् ।

यसपछि उनले वैज्ञानिक समस्याप्रतिको रुचि छाडेर आफूलाई भविष्यवाणी, धार्मिकग्रन्थ र किमियागिरीजस्ता अन्धविश्वासी कार्यमा लगाएका छन् । धेरैले उनको यो अवधिका कृति हेर्ने हो भने विज्ञान जगतमै क्रान्ति ल्याउने व्यक्तिले यस्ता अध्ययनमा पनि लगाए भनेर अचम्म मान्न सक्छन् । तर एक हिसाबले १७औँ शताब्दीको उथलपुथलपूर्ण समयमा धेरै बौद्धिकले आफूलाई त्यो बेलाका प्रभावशाली सम्पूर्ण क्षेत्रमा लगाएको देखिन्छ । त्यस अर्थमा न्युटनको धार्मिक अन्धविश्वासी अभ्यासमा संलग्नता पनि बुझ्न सकिन्छ ।

टक्सार प्रमुख र ब्रिटिस मुद्रा सुधार

सन् १६९६ मा न्युटन लामो समयदेखि चाहेको सरकारी पद, टकशालाको संरक्षक हुन सफल भए । यस नयाँ कामपछि उनी स्थायी रूपमा लन्डन सरे र उनकी भान्जी क्याथरिन बरटोनको घरमा बस्न लागे । उनी त्यो बेला उच्च पदस्थ सरकारी अधिकारी लर्ड हालिफ्याक्सकी प्रेमिका थिइन् । यही सम्बन्धका आधारमा सन् १६९९ मा न्युटन टक्सार (मास्टर अफ मिन्ट)का प्रमुख भए । सो पद उनले मृत्युसम्म कायम राखे ।

त्यस पदमा रहँदा उनी अत्यन्त सक्रिय रहेका थिए । उनले मुद्रामा सुधार ल्याए भने जाली मुद्रा बनाउनेका लागि अत्यन्त कडा नियम ल्याए । त्यस पदमा रहँदा नै उनले ब्रिटिस मुद्रा पाउन्ड स्ट्रलिङलाई चाँदीबाट सुन मापदण्डमा बदले । न्युटनको परिवर्तन अहिले पनि विश्वभरी लागू भएको छ ।

रोयल सोसाइटीका प्रमुख र निरङ्कुशत

सन् १७०३ मा न्युटन रोयल सोसाइटीको अध्यक्षमा चुनिए । तर उनले त्यो पदमा रहेर वैज्ञानिक खोजमा सामूहिक प्रयास नबुझेको जस्तो देखिन्थ्यो ।

त्यसले गर्दा उनले एकल रूपमा अघि बढ्ने र आफ्नो आविष्कारको प्रतिरक्षाले उनलाई कैयौँ प्रतिष्ठित वैज्ञानिकसँग विवादमा ल्यायो ।

रोयल सोसाइटीको पदमा रहेर उनी युवा वैज्ञानिकका व्यक्तिगत जीवन र करियर नियन्त्रण गर्ने हदसम्मको निरङ्कुश भएका थिए ।

रोयल सोसाइटीको प्रमुखका रूपमा उनको अहंकारपूर्ण कारणले जीवनको उत्तराद्र्धमा उनका धेरै साथीले उनीसँग दूरी कायम गर्न थालेका थिए भने केही अति मिल्ने साथीले पुनः उनको मानसिक अवस्था विग्रने हो कि भनेर चिन्तासमेत व्यक्त गरेका थिए ।

लेइब्निज र न्युटनबीचको ‘महान वैज्ञानिक बहस’

सन् १७०५ मा लामो समयदेखि सतहमुनि तनाव बढिरहेको द्वन्दका रूपमा बाहिर आयो । जर्मन गणितज्ञ लेइब्निजले सार्वजनिक रूपमा न्युटनले उनको अनुसन्धान चोरेको आरोप लगाए । न्युटनको प्रिन्सिपिया प्रकाशन हुनु धेरै पहिले नै आफूले क्यालकुलस खोजिसकेको लेइब्निजको दाबी थियो ।

यो विवाद लम्बिँदै गएपछि सन् १७१२ मा ब्रिटिस रोयल सोसाइटीले अनुसन्धानका लागि एक कमिटी नै बनायो ।

कमिटीले दुई वैज्ञानिक स्वतन्त्र रूपमा क्यालकुलसको खोजमा पुगेको देखायो ।

अन्तिम वर्ष

जीवनको अन्तिम समयमा न्युटन लन्डनको क्रानबरी पार्क नजिकको उनको भान्जी क्याथनी बोरटन र उनको श्रीमान जोन कन्डुइटसँग बसेका थिए ।

जीवनको यो अवस्थामा न्युटन युरोपका सबैभन्दा चर्चित व्यक्तिमा दर्ज भइसकेका थिए । उनको वैज्ञानिक आविष्कार प्रतिद्वन्दीविहीन भइसकेका थिए । त्यस्तै सम्पत्तिको मामिलामा पनि उनी निक्कै सम्पन्न भएका थिए ।

न्युटनले जीवनभरी विवाह गरेनन् । न्युटन ८० वर्ष पुगेपछि पाचन समस्या भोग्न थालेका थिए । त्यसले गर्दा उनले खानपानमा उलेख्य बदलाव गर्नुपरेको थियो । सन् १७२७ मार्चमा उनको मृत्यु हुनुअघि पनि उनले पेट दुखेको बताएका थिए । त्यसपछि बेहोस भएका उनी कहिले पनि बिउँझिएनन् । बेहोसीकै आवस्थामा ८४ वर्षको उमेरमा सन् १७१७ मार्च ३१ मा न्युटनको मृत्यु भयो ।

विरासत

म एउटा समुद्री किनारमा खेलिरहेको बालक हुँ, जो आफूलाई समय समयमा सामान्यभन्दा चिल्ला गट्टा र सुन्दर खबटा भेट्ने अवसर पाउँछ । तर मेरो अघि सत्यको महान सागर अझै खोजविहीन रहेको छ ।’

आइज्याक न्युटनको प्रसिद्धि उनको मृत्युपछि थप बढ्यो । मृत्युपछि उनकै समकालीनले पनि उनलाई सबैभन्दा प्रतिभावान व्यक्तित्वका रूपमा प्रस्तुत गर्न थालेका थिए । उनको आविष्कारको पश्चिमी वैज्ञानिक क्रान्ति र मानवतावादी अभियानमा ठूलो योगदान रह्यो । यही कारणले उनको तुलनामा प्याटो, एरिस्टोटल र ग्यालिलियोसँग गरिन्छ । 

न्युटन जीवनकालमै पनि निक्कै लोकप्रिय थिए । तर उनले भने आफूलाई त्यति ठूलो नठानेको जस्तो कुरा जीवनको उत्तराद्र्धमा उनको विरासताबारेको प्रश्नमा यो जवाफले पनि छनक पाइन्छ, ‘विश्वको नजरमा म कस्तो देखिन्छु, मलाई थाहा छैन तर मेरा लागि भने म एउटा समुद्री किनारमा खेलिरहेको बालक हुँ, जो आफूलाई समय समयमा सामान्यभन्दा चिल्ला गट्टा र सुन्दर खबटा भेट्ने अवसर पाउँछ । तर मेरो अघि सत्यको महान सागर अझै खोजविहीन रहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप