शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको शपथ समारोहमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री ओली (फोटोफिचर)

शुक्रबार, १७ जेठ २०७६, १८ : ५६
शुक्रबार, १७ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् । 

ओली बिहीबार बिहान मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका थिए । 

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

त्यस अवसर प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु अघि शुक्रबार विहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता पनि गरेका थिए । 

भेटवार्तामा दुवै मुलुकका प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धलाई अझैँ सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

दोस्रो कार्यकालको लागि मोदीलाई रुद्राक्षको माला दिँदै प्रधानमन्त्री ओलीले बधाई समेत दिएका थिए । 

मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सहभागिता रहेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप