बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

साँझ बिहान सूर्य किन रातो देखिन्छ ?

शुक्रबार, १७ जेठ २०७६, २२ : ३१
शुक्रबार, १७ जेठ २०७६

साँझ परेको बेला वा बिहान सबेरै उठेर हेर्ने हो भने, सूर्यको रंग रातो देखिन्छ । त्यसबेला सामन्यताः अरु बेला भन्दा आकाश पनि केही रातै देखिन्छ । कोही कोही बेला सूर्यको प्रकाशको कारण अकाश नै राताम्मे देखिन्छ । तर दिउसो चाहिँ सूर्य रातो देखिदैन, न त आकाश नै रातो देखिन्छ । यस्तो किन र कसरी हुन्छ ?

पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ, यो करा सामान्यतः सबैले थाहा पाएकै कुरा हो । त्यसमा पनि सूर्यलाई परिक्रमा गर्दा पृथ्वीले आफ्नै अक्ष (धुरी) मा घुम्ने क्रमले नै दिन रात भईरहेको हुन्छ । पृथ्वी घुम्ने क्रममा जुन भाग सूर्यपट्टि आउँछ, त्यो भाग दिन हुनछ भने जुन भाग सूर्यले विपरीत दिशातिर हुन्छ, त्यो भागमा रात पर्छ । यसरी पृथ्वीले सूर्यलाई परिक्रममा गर्दा र आफ्नै धुरीमा घुम्दा पनि केही डिग्री ढल्केर घुमिरहेको हुन्छ ।

पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा विहानर बेलुकीको बेला सूर्य क्षितिजमा पुगेको हुन्छ । यस्तो अवस्थामा सूर्य पृथ्वीबाट दिउसोको तुलनामा टाढा रहेको हुन्छ । यस समयमा दिउसो सूर्यको प्रकाशले पृथ्वीमा आउन पार गरको दरीको तुलनामा ५० गसना बेसी दरी पार गनुृपर्ने हुन्छ ।

सर्यको प्रकाश विभिन्न सात रंगहरुले मिलेर बनेको हुन्छ । ती रंगहरु मध्ये पनि रातो, निलो, हरियो, बैजनी, पहेलो जस्तो रंगहरु प्रमुख रंगको रुपमा रहेको हुन्छन् । सुर्यको प्रकाशमा रहेको यी प्रमुख रंगहरुमध्ये पनि हरियो, बैजनी, नीलो जस्ता प्रमुख रंगहरु विहान वा साँझको समयमा पृथ्वीसम्म आईपुग्न पाइदैन । किनभने, लामो दुरी पार गर्ने क्रममा पृथ्वीको वायूमण्डलमा रहेको धुलो र धुवाँका कणहरुले ती रंगहरुलाई वायूमण्डलमै फैलाई दिन्छ र पृथ्वीसम्म कमै मात्र आईपुग्न पाउछ । फलतः हाम्रो आँखाले ती रंगहरु कमै मात्र देखन सक्छ ।  

त्यसरी, नीलो, हरियो, बैजनी, जस्ता रंगहरु आकाशमै रोकीएपछि हाम्रो आँखाले सूर्यको रातो, पहेलो र सुन्तला रंगमात्रै बेसी दैख्न पुग्छ । ती तीन रंगहरुमध्ये पनि सुर्यको प्रकाशमा रातो रंगका मात्र बेसी हुन्छ । हाम्रो आँखाले सुर्यको  सातैवटा रंगहरु देख्न पाएको भए, त्यो प्रष्ट देखिने थियो ।

तर साँझ विहान तीन वटा मात्र रंग देखिन सकिने भएकोलेती तीनवटा रंगहरुको मिश्रणले ससुनतला रंगको रातो बनन जान्छ । त्यही कारण नै, साझ विहान सूर्य रातो देखिन्छ । यसैलाई नै कतै कतै आकाश डढेको वा सागर डढेको पनि भनिन्छ ।

Photo: https://hdfreewallpaper.net

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप