केन्द्रीय संस्करण
मित्रताको कथा

आफू बदनाम भएर पनि कृष्णले मित्र अर्जुनलाई युद्ध जिताउनु त्याग र वलिदानको पराकाष्टा

person explore access_timeजेठ १८, २०७६ chat_bubble_outline0

राजा शन्तनुका जेठा छोरा भीष्म गृहस्थ बन्न चाहेनन् । भाइहरु चाँडै नै बिते । भाइका छोरा जेठा धृतराष्ट जन्मैदेखि नेत्रहीन थिए । यसैले कान्छा छोरा पाण्डु हस्तिनापुरका राजा बनेका थिए । केही वर्षपछि राजा पाण्डु नराम्ररी बिरामी परे र  अन्धा दाजु धृतराष्टलाई राज्यभार निमित्त दिएर आफू अन्य कार्यमा लागे । यसैबीच पाण्डुका दुई रानीबाट क्रमशः पाँच भाइ छोरा जन्मे । धृराष्ट्रका विभिन्न रानीबाट सय भाइ छोरा जन्मे । दुई भाइका छोरामध्ये पाण्डुपुत्र युधिष्ठिर सवैभन्दा जेठा थिए ।  धृतराष्ट्रका जेठा छोरा दुर्योधन पाण्डवहरुलाई अति नै रिस गर्थे ।

बाबा पाण्डु र कान्छीआमा माद्रीको मृत्युपछि कुन्ती र पाच पाण्डवलाई दुर्योधनबाट जिउ जोगाएर बाँच्न धौ धौ भयो । भूमिगत भएर जीवन चलाउँदै गए । यसैबीच पान्चाल देशमा राजा द्रुपदकी राजकुमारी द्रौपदीको स्वयम्बर भयो । पाण्डव पनि छद्म भेषमा त्यहाँ पुगे । त्यहाँ महादेशभरिका राजकुमार जुटेका थिए । कृष्ण पनि पुगेका थिए । द्रौपदी कृष्णको मित्र थिइन् । स्वयम्बरमा राजा द्रुपदले वीरताको बाजी राखेका थिए । अर्जुनले बाजी जिते । पाण्डवहरुसँग द्रौपदीको बिहा भयो ।

विवाहपछि दुलही र आमाका साथ पाण्डवहरु हस्तिनापुर आए । धृतराष्ट्रको दर्शनभेट गरे ।

पाण्डुकी महारानी कुन्ती कृष्णकी फुपू थिइन् । कुन्तीका छोराहरुमध्ये युधिष्ठिर र भीम कृष्णभन्दा जेठा थिए अर्जुन कान्छा । कृष्ण र अर्जुन आपसमा अति नै मिल्थे ।

पाण्डुकी महारानी कुन्ती कृष्णकी फुपू थिइन् । कुन्तीका छोराहरुमध्ये युधिष्ठिर र भीम कृष्णभन्दा जेठा थिए अर्जुन कान्छा । कृष्ण र अर्जुन आपसमा अति नै मिल्थे । अर्जुन कहिलेकाहिँ समय मिलाएर कृष्णसँग द्वारकामै पनि बस्थे । कृष्ण पनि बेला बेला पाण्डवलाई भेट्न हस्तिनापुर पुग्थे ।

इन्द्रप्रस्थ भयङ्कर जङ्गल थियो । धृतराष्ट्रले अङ्शभाग भनेर पाण्डवलाई यही जङ्गल दिएका थिए । जङ्गलभित्र नाग जनजातिको बसोबास थियो । कृष्णकै सहयोगबाट अर्जुनले नागहरुलाई अन्यत्र पठाएर बडो मेहनतले विकट जंगल आवाद गराएका थिए । सुन्दर वास्तुकलाले सजिएका भवन र राजभवनहरु तैयार गराएका थिए । पाण्डवहरुको राजधानी शहर यही बनेको थियो । यहीँबाट ज्येष्ठ पाण्डव महाराज युधिष्ठिरले मुलुकको शासन चलाउँथे ।

कृष्ण गुरु सन्दीपनीका शिष्य थिए भने अर्जुनले आचार्य द्रोणसँग शस्त्रास्त्र विद्या सिकेका थिए । अर्जुन आफ्ना समयका सर्वश्रेष्ठ धनुर्धर थिए ।

दुर्योधन र उनका शय भाइको जमातलाई त्यसताका सवैले कौरव भन्थे । पाण्डवसँग कौरवहरु चर्को बैरभाव राख्थे । जरोकिलो मास्न चाहन्थे । पाण्डवहरु सज्जन थिए । आफुसँग बैरभाव राख्ने कौरवहरुसँग पनि मिलेर रहन  चाहन्थे । कौरवले पाण्डवको खेदो खन्न कहिल्यै छाडेनन् ।

युधिष्ठिर जुवाका सौखीन थिए, जानकार थिएनन् । यो बुझेका दुर्योधनले धृतराष्टलाई अघि सारेर हस्तिनापुरमा जुवा समारोहको आयोजना गरे । युधिष्ठिरलाई निम्ता पठाए । आमा, भाइहरु र श्रीमतीलाई लिएर युधिष्ठिर हस्तिनापुर पुगे । समारोह भव्य थियो । दुर्योधनको लै लैमा लागेर जुवामा नारिए युधिष्ठिर । दुर्योधन आफू खालमा बसेनन् । मामा शकुनीलाई प्रतिनिधि बनाएर युधिष्ठिरसँग पासा खेल्न खटाए । शकुनी कपटी पासा खेल्न खप्पीस थिए । समयमै सचेत भएर उचित निर्णय लिन युधिष्ठिरले सकेनन् । जुवा चल्दै गयो । युधिष्ठिर लगातार हार्दैगए । जोसमा आएर खालमा थाप्दै जाँदा युधिष्ठिरले राज्य, राजधानी, भाइहरु, स्वयम् आफू र रानी द्रौपदी समेतलाई जुवामा थापे र हारे ।

दुर्योधनको भाइ दुःशासनले द्रौपदीलाई निवासबाट लछार्दै ल्याएर समारोहका अगाडि आँगनमा पछार्‍यो । नाङ्गेझार पार्न खोज्यो । पाण्डवले टुलुटुलु हेरे प्रतिकार गर्न सकेनन् । कृष्णले गोप्य रुपमा कपडा सप्लाइ गरेर द्रौपदीको लाज बचाए ।

दुर्योधनको भाइ दुःशासनले द्रौपदीलाई निवासबाट लछार्दै ल्याएर समारोहका अगाडि आँगनमा पछार्‍यो । नाङ्गेझार पार्न खोज्यो । पाण्डवले टुलुटुलु हेरे प्रतिकार गर्न सकेनन् । कृष्णले गोप्य रुपमा कपडा सप्लाइ गरेर द्रौपदीको लाज बचाए । द्रौपदीले पितामह भीष्मलाई सम्बोधन गर्दै धर्मका आधारमा अन्यायका विरुद्ध न्यायको प्रश्न राखिन् । सभामा खल्बली मच्चियो ।  सभामा महात्मा विदुर, पितामह भीष्म र आचार्य द्रोणजस्ता धर्मका मर्मज्ञ महापुरुषहरु थिए । द्रौपदीका प्रश्नको चित्तबुझ्दो उत्तर दिन कसैले आँट गरेन । धर्मको गति अति सूक्ष्म छ छोरी, भीष्मले टालटुले उत्तर दिन खोजे । सभा तात्तिँदै छ भन्ने ठानेर अन्धा धृतराष्ट आत्तिए र द्रौपदीलाई सम्बोधन गर्दै प्वाक्क भने, तिम्रा पति युधिष्ठिरले जुवामा हारेका सवै कुरा मैले फिर्ता दिएँ । तिमी यसभन्दा तिखा कुरा सभामा नसुनाऊ ।

आफुले कमाएको यत्रो ठुलो कुरा अन्धाबाबाले फिर्ता दिएकोमा दुर्योधन मुर्मुरियो । यसैबीच शकुनीले इसारा गरेर थुम्थुम्यायो र शकुनीकै इसारामा दुर्योधनले युधिष्ठिरलाई भन्यो , दाइ यसअघि जे भयो भयो अव सिर्फ एक हात पासा खेलौं । मात्र एक हात ।

युधिष्ठिर फेरि सुर्रिए । यस पटकको पासामा दुर्योधनले एउटा शर्त राख्यो, जसले हार्छ त्यसले बाह्र वर्ष वनवास बस्ने, अनि एक वर्ष गुप्तवास बस्ने । गुप्तबासको अवधिमा जित्ने पक्षले हार्नेपक्षलाई देख्यो भेट्यो भने हार्ने पक्षले १२ वर्ष वनवास र १वर्ष गुप्तवास पुनः यथावत् दोहो¥याउनु पर्ने । बस् यत्ति हो शर्त । यसैमा एक हात जुवा खेलौं ।

हुन्छ, भन्दै युधिष्ठिर खालमा नारिए । दुर्योधनका पक्षबाट मार्रा भन्दै शकुनीले पासा फ्याँक्यो । युधिष्ठिरले हारे । दाहो¥याएर जुवा खेल्नुअघि पनि युधिष्ठिरले न कसैसित सल्लाह मागे न कसैले आफै अघि सरेर सल्लाह दिए । हरुवा युधिष्ठिर खालबाट उठे । आमा कुन्ती र अन्य मान्यजनसँग बिदा भए । भाइहरु र द्रौपदीका साथ लुसुक्क जङ्गलतिर लागे ।

जङ्गलबास र गुप्तवास अति नै कष्टका साथ बित्यो । त्यसपछि युधिष्ठिरले दुर्योधनसँग आफ्नो राज्य फिर्ता मागे । शर्तअनुसार दुर्योधनले युधिष्ठिरलाई उनको राज्य फिर्ता दिनु पथ्र्यो । दिएन । कृष्णले हस्तिनापुर गएर अनुरोध गर्दा पनि दिएन । राज्य त के एउटा सीयो गोभ्ने जमीन पनि दिन्न भन्यो । पाण्डवहरुले कि जोगी भएर जङ्गल पस्नु पर्ने कि युद्ध गरेर आफ्नो अधिकार लिनुपर्ने अवस्था आयो ।

कृष्णका योगवल, वौद्धिक चातुर्य, र दाउपेचका आधारमा नै युद्धमा भीष्म, द्रोण्, कर्ण, भूरिश्रवा लगायत अजेय महावीरहरु मारिए । दुर्योधनलाई जित्न पनि कृष्णले नै भीमसेनलाई सघाएका थिए । कृष्णको अनुपम सहयोग नपाएको भए पाण्डवले कौरवलाई जित्न सम्भव नै थिएन ।

पाण्डवपक्षमा अर्जुन अनुपम योद्धा थिए । त्यस्तै भीमसेन थिए । सात्यकी र अभिमन्यु त्यत्तिकै महिमाशाली योद्धा थिए । तै पनि कौररवपक्ष्का तुलनामा पाण्डवपक्ष कमजोर नै थियो ।कौरवपक्षमा भीष्म द्रोण कर्ण भूरिश्रवा अविजेय योद्धा थिए । यिनीहरुलाई आमनेसामने युद्धमा जित्न सक्ने व्यक्तित्व पृथ्वीमा त्यसताका थिएन । दुर्योधन आफै पनि गदायुद्धमा अदितीय थियो ।

 कृष्णका आडमा पाण्डवहरुले युद्धको तैयारी गरे । योगेश्वर कृष्ण अर्जुनका सारथी बनेर मार्गदर्शन गर्न कस्सिए । १८ दिनसम्म घमासान युद्ध भयो । दुवै पक्षका धेरै वीर योद्धाहरु मारिए । कृष्णका योगवल, वौद्धिक चातुर्य, र दाउपेचका आधारमा नै युद्धमा भीष्म, द्रोण्, कर्ण, भूरिश्रवा लगायत अजेय महावीरहरु मारिए । दुर्योधनलाई जित्न पनि कृष्णले नै भीमसेनलाई सघाएका थिए । कृष्णको  अनुपम सहयोग नपाएको भए पाण्डवले कौरवलाई जित्न सम्भव नै थिएन । योद्धाहरु र अरु सामान्य असामान्य जन समुदायका बीच आफू बदनाम भएर पनि कृष्णले मित्र अर्जुनलाई युद्ध जिताए । यो एक मित्रका लागि अर्का मित्रले गरेको त्याग र वलिदानको पराकाष्टा थियो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...