बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशीले दिएको सहयोग र जनताले तिरेको करबाट कार्यकर्ता पाल्न मिल्दैन : सभापति देउवा

शनिबार, १८ जेठ २०७६, १८ : १७
शनिबार, १८ जेठ २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट कार्यकता पोस्नको लागि ल्याएको अरोप लगाएका छन् ।

कांग्रेस रुपन्देहीको प्रथम सम्मेलनको आज तिलोत्तमा – १५ मधौलीयामा उद्घाटन गर्दै सभापति देउवाले अहिलेको बजेट देश आर्थिक विकास सहयोग गर्ने भन्दा पनि नेकपा पार्टी कार्यकता पाल्ने गरी ल्याएको बताएका हुन् ।

सरकारले चौतर्फी आलोचना गर्दे सभापति देउवाले विदेशी दिएको सहयोग र जनताले तिरेको करबाट नेकपा कार्यकता पोस्न नपाउने बताए । उनले भने, ‘यो बजेट विदेशी दिएको सहयोग र जनताले तिरेको करबाट आएको हो । तर सरकारले आफ्ना कार्यकता पाल्ने काम गरेको छ । त्यो कहाँ पाइन्छ ?’

उनले ओली सरकारले पञ्चायताकाल भन्दा पनि निरकुंश बनेको अरोप लगाउँदै न्यायपालिका, प्रेश र मानव अधिकारको क्षेत्र हस्तक्षेप गरेको बताए । 

न्यायपालिका र मानवअधिकार आयोग समेतलाई नियन्त्रणमा राख्न खोज्नु तानाशाह संकेत भन्दै नेपाली कांग्रेस कडा प्रतिरोध गर्ने चेतावनी दिए ।

पूर्वप्रधानमन्त्री देउवाले स्वतन्त्र रुपमा लेख्ने पत्रकारको अधिकार कटौती गर्न सरकारले मिडिया विधेयक ल्याएको बताए ।  उनले प्रेश, न्यायलय र मानव अधिकारीको स्वतन्त्र नहुँदासम्म सबै क्षेत्र नराम्रो असर पर्ने बताए । सरकारका यस्ता जनताका हित विरोध गतिविधी कार्य रोक्नको लागि कार्यकर्ता आन्दोलन तयारी गर्न पनि निर्देशन दिए ।

उनले बुद्धको जन्मस्थल लुम्बिनीबाट पार्टी एक भएर जाने विश्वास लिए । उनले नेपाली कांग्रेसभित्र एकताबद्ध विकल्प नभएको बताउँदै रुपन्देहीबाटै त्यसको सुरुवात गर्न आग्रह गरे ।  उनले पार्टीका अनुसानहिन काम गर्ने केही व्यतिmलाई कारवाही गरेर भएपनि पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरे । काग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली नेतृत्वको सरकारबाट अब जनताले अपेक्ष गर्ने कुनै ठाउँ नरहेको बताए ।

उनले पार्टीका सबै नेता कार्यकर्ता मिलेर कम्युनिष्ट सर्बसत्तावाद आउन नदिन र आगामी निर्वाचमा काग्रेसलाई पहिलो पार्टी बनाउन अहिलेदेखि नै लाग्नुपर्ने बताए ।

काग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकको संविधानको रक्षा, राष्ट्रियताको संरक्षण र विकासका लागि ओली नेतृत्वबाट मुक्त गर्नुपर्ने बताए । उनले पाँच नम्बर प्रदेश राजधानी रुपन्देहीभन्दा बाहिर लगे रुपन्देही कांग्रेस कडा विरोध गर्ने चेतावनी दिए ।

उनले ओली नेतृत्वको सरकारबाट संविधान र राष्टियता विपरित काम भईरहेको र विकास निर्माण हुन नसकेको जिकिर गर्दै ओलीबाट मुलुकलाई मुक्त गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेशर कोइरालाले ओली सरकारले भष्ट्रचार वृद्धि गरेको, हत्या हिंसा रोक्न नसकेकाले ओली प्रधानमन्त्रीको कुर्चीमा बस्ने नैतिक अधिकार नभएको बताए । 

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रवक्ता विश्वप्रकाश शर्माले कनिष्टहरु लोकतान्त्री धारमा आएको तथ्यले देखाएको भन्दै  प्रेश स्तन्त्रता विरोधी काम नगर्न सरकारलाई आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप