शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राइसमिलमा आगलागी हुँदा डेढ करोडको क्षति

शनिबार, १८ जेठ २०७६, १९ : ५४
शनिबार, १८ जेठ २०७६

भद्रपुर नगरपालिका–६ स्थित एग्रो राइसमिलमा आज बिहान विद्युत् चुहिएर आगलागी हुँदा रु एक करोड ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 
स्थानीय व्यवसायी सन्तोष र राजेश गुप्ताले सञ्चालन गरेको राइसमिलमा आगलागी हुँँदा मेसिनरी सामान जलेर सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक केशव अधिकारीले बनाए ।

आज बन्द रहेको राइसमिलमा बिहान ९ः३० बजे एक्कासी आगलागी भएको थियो । उद्योग बन्द रहेकाले मानवीय क्षति नभए पनि उद्योगका मेसिनरी सामान पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
 
भद्रपुर नगरपालिकाको दुई र बिर्तामोड नगरपालिकाबाट आएको एक गरी तीन दमकलले आगलागी एक घण्टामै नियन्त्रणमा लिइएको थियो । 

राइसमिल नजिकै पराजुली ग्यास उद्योग सञ्चालनमा रहेकाले आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासीसहितको ठूलो जनशक्ति परिचालन गरिएको थियो ।

 प्रहरीका अनुसार मिलको वल्डिङ मेसिनबाट विद्युत सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप