शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा चार देशका टुर व्यवसायीबीच छलफल

आइतबार, १९ जेठ २०७६, १६ : ४७
आइतबार, १९ जेठ २०७६

कास्की– पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गणतव्य बनाउने उद्देश्यले पहिलोपकट बिजनेस टु बिजनेस( बिटुबी) व्यवसायीक छलफल आज यहाँ सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र कम्बोडिया गरी २७ जना टुर अपरेटरको सहभागिता रहेको थियो । 

सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बिटुबीको माध्यमबाट पोखरालगायत समग्र नेपालमा पर्यटनको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम संयोजक टीकाराम सापकोटाले आगामी वर्ष पोखरा ट्राभल मार्ट आयोजना गर्नमा यो व्यावसायिक छलफल सहयोगी हुने बताउँदै गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको र सङ्घीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यस्ता कार्यक्रमको माध्यमबाट पर्यटकको आगमनमा व्यापक वृद्धि हुने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप