केन्द्रीय संस्करण

भाजपाको विजय : नेकपालाई सन्देश

person explore access_timeजेठ २०, २०७६ chat_bubble_outline0

 मोदी पुनरुदय
    भारतमा नरेन्द्र मोदीले दोस्रो पटक पाँच वर्षे राजनीतिक बागडोर हात पारे । चुनावी तरङ्गमा प्रतिस्पर्धामा भारतीय जनता पार्टी (भाजपा) ले बाजी मारेपछि नेपालले भारतसँग पुनः मोदीकै सकारात्मक सम्बन्धको नेतृत्वमा हातेमालो गर्न पायो । नयाँ नेतृत्वसँग नयाँ चिनारी गरिरहनुपरेन –खुसीको कुरो हो । मोदीको व्यक्तित्वमा नेपाल पाशुपत क्षेत्र, जनक राजा र सीताको सुसम्बन्ध या बुद्धको देश नेपाल भनिरहँदा धार्मिक, ऐतिहासिक, पौराणिक तथा बहुजातिगत वैशिष्ट्यले पनि एकात्मक सन्देश दिन्छ ।

उनले पहिलो कार्यकालमा विदेश नीति दर्बिलो बनाउने कुरामा कसर राखेनन् । लगभग इन्डो–प्यासिफिक सोचले विश्वास जित्यो । चीनदेखि अमेरिकासम्म हात अघि बढाए । नेपालमा त झनै विकासका सम्झौतादेखि सम्बन्धको चस्को मारे । सम्बन्धमा चनाखो भएर कूटनीतिमा दखल राखिरहँदा अन्तर्राष्ट्रले प्रबल व्यक्तित्व भनिरह्यो तर गान्धी परिवारका राहुल गान्धी चाहिँ प्रतिपक्षले चौकीदार चोरको आवाजमा कुर्लिरहे । बुझ्नुपर्छ– प्रतिपक्षको काम विरोध गर्नु मात्रै होइन रहेछ । नेपालका प्रतिपक्षीले सिक्न सक्नुपर्छ– अन्धविरोधी शैलीले परिणाममा उल्टो प्रभाव पार्यो । भारतीय काँग्रेसको अघिल्लो निर्वाचनको तुलनामा राम्रो नतिजा आए पनि भाजपाको गठबन्धनले बहुमत ल्याएरै हरायो ।

    मोदीको वाक्कलात्मकता र जनमानसको मन तान्ने कलाले मात्र प्रभावित तुल्याएन ‘चौकीदार’ भावको तरङ्गले पनि झापड हान्यो । मात्र शब्दको सोच र जनमानसको विश्वासमा आघातमा राजनीति कसरी पदार्पण गर्दो रहेछ– नेपालका नेतृत्वले विश्लेषण गर्नुपर्छ । यसको अर्थ भारतीय काँग्रेसको नेतृत्वमा आक्रामक आरोपले वितृष्णा जगायो । अर्थात्, भाजपाले जनताको भाव र भाषालाई आफूमा समाहित तुल्यायो प्रतिपक्षले त्यसमा टक्कर गर्न सकेन । विकासवादी एजेन्डामा फुस्रो तर्कले पो जितिँदो रहेछ– नेपालले गलत अर्थ नबोकोस् । मोदीले आफ्नो कार्यकालमा स्वच्छ भारतको योजनादेखि ठूला–ठूला भौतिक संरचनाको विकासार्थ लगानी गरे ।

आर्थिक विकासमा टेवा पु¥याए । एउटा एजेन्डा धर्मतिर ढल्केको देखिन्छ । साम्प्रदायिक ध्रुवीकरणको असहिष्णु प्रवृत्तिमा कूटनीति हुँदा धार्मिक राष्ट्रवाद देखियो तर यसलाई नेताको चातुर्यताभित्र समेट्नुपर्छ । देश अनुसारको भेष र परिवेश बन्नुपर्छ तर मन भाँचिनुहुन्न । अर्को कुरा मोदीले समर्पित भएर आत्मनिर्भरताको बाटो रोजेको देखिन्छ । उज्ज्वल योजनाले जनमानसमा छाए । विरोधको प्रत्युत्तरमा उस्तो समय खर्चन चाहेको पनि देखिएन । गुटमा भन्दा जनमनको भावनालाई बुझ्न सके । भनौँ चौकीदारले चौका मारे । बहुसङ्ख्यक हिन्दूको बाहुल्यतामा अचम्मको कुरै होइन । केदारनाथको गुफामा ध्यानमग्न भएका मोदीमा सत्यता र आफ्नो राष्ट्रिय दायित्वप्रति एकाग्रता रहेछ । 

समतामूलक सोचको खाँचो
    मोदीको चातुर्यता र दीर्घदृष्टिमा त्यहाँको प्रतिपक्ष कमजोर बन्यो । तर, भारतले साम्प्रदायिक तरङ्गको छडी चलायो । कतिपय भाजपाका नेताले बहुसङ्ख्यक हिन्दू र अन्य मुस्लिम बीचको विभेदलाई देखाए । भारतमा धर्मको आडमा मान्छेको मन भाँडेर राजनीति गरे जसरी नेपालमा पनि करिब दुई दशकअघिका घटनाले साम्प्रदायिकतालाई उरालेका घटना सोचनीय छन् । तर, भारतले जातीय एकतामा सामान्य वर्गको भोट भने भाजपाकै पोल्टामा पार्न सफल भएको त्यहाँका सञ्चार माध्यमको ठहर रहेको बुझिन्छ ।
  

 विशाल लोकतान्त्रिक मुलुकले पुनः उही नेतृत्वलाई चुन्यो । हामी भारतसँग जित र हारको महाभारतभित्र कुरुक्षेत्रको चक्कर नियाल्न थाल्यौँ भने फस्छाँै । हामीले अब दोस्रो पटक नेतृत्व सम्हाल्ने मोदीलाई स्वागत गर्दा उसैगरी मित्रता चाहनुपर्छ– न कि बदलामा नाकाबन्दीको चोट । बिर्सन सकिँदैन इतिहास । क्षणिक सम्बन्ध बसाएर भोलिको नेपालको गरिमा भुल्दैनौँ । नाकामा भारतीय सुरक्षा दस्ताले दिएको ज्यादति कम पीडादायी छैन । मित्रता सधैँ समानताको हदसम्म हुन्छ । हामीले हाम्रो स्थानको मर्यादामा नेपाल र भारतको मित्रता जसरी चीनको समदूरी भावको सौगात पस्कन जान्नुपर्छ । तर, बल्छीमा गँड्यौला उनेर माछालाई जालमा पार्ने माझीको रूप देख्नुपर्ने भय नहोस्– तब हामीले हामै्र स्वाभिमानको गीत गाउने हो । यसर्थ हामी घरभित्र फरक भए पनि घरबाहिर जाँदा एउटै र साझा आवाजमा नेपालीत्व भावलाई बोल्न सिकौँ ।

    हाम्रो देश बहुल सांस्कृतिक वैशिष्ट्यमा बाँचेको छ । अनेकतामा एकताको सुगन्ध छ । भारतमा हिन्दुवादी नेताको जित भन्ने तर्क चलिरहँदा हामी धर्मभिरु किन बन्ने ? हाम्रो भूमिले सीता, बुद्ध, वेदव्यास जन्माएको छ । सम्बन्ध प्राचीन भारतवर्षसँग छ त्यो रहिरहोस् । दूरीको सन्तुलन । आजको आवश्यकता विकासोन्मुखबाट माथि उक्लने आशामा छिमेकीको साथ चाहिएको छ । यहाँ बामपन्थी सरकार उता काँग्रेसको हार– विषय नेपालको राजनीति र भारतको राजनीति विचारको समानतासँग होइन मात्र मित्रतासँग हो भन्ने पनि हुनुपर्छ । नत्र यस्ता विषयले भविष्यका पिँढीलाई घातक बन्न सक्ने देखिन्छ ।
    मोदीले हिन्दू धर्मका पक्षमा बोले । यसमा हामीले किन रोइकराइ गर्ने ? तपस्या गरे– अति सुन्दर कुरा हो । मानिसलाई ध्यान, योग र तपस्याले स्वच्छ र स्वस्थ तुल्याउँछ । सकारात्मक पाटो हो । सबै धर्मको आडमा लगेर ठोसिएका विषय मात्र होइनन् । गेरु लगाउनु, पूजापाठ गर्नु यो भारतवर्षको प्राचीन परम्परा हो । यसमा नेपाल र भारतको नातामा पाकिस्तानसँगको मुस्लिम विद्वेष र हिन्दूत्वको भावभञ्जनको सोचसँगको विपरीत धार पनि हुनुहुन्न । हाम्रो मुलुकले हरेक देशसँग उत्तिकै मित्रत्व समानभाव राख्नुपर्छ । न विरोध न समर्थन हामी सबैसँग प्रेमरूपी पुष्प अर्पन्छौँ । तर सिक्किमलाई आफूमा समाहित तुल्याएर पाकिस्तान टुक्र्याउने इन्दिरा गान्धीको आक्रामक सोच नेपालका लागि घातक थियो– त्यतिखेरको भूराजनीतिक इतिहासलाई हेर्दा । काँग्रेसको नेतृत्व हुँदा गान्धीमै केन्द्रित बनिरहँदा शक्ति हस्तान्तरण र पृथकीकरण भएन । जनमानसको चाहनासँग तालमेल मिलेन, धक्का लाग्यो । यो विषय नेपालसँग मिल्न सक्ला नसक्ला तर भाजपा जसरी फरक साङ्गठनिक सोचमा त्यहाँको काँग्रेस अघि बढेन ।

नेपालमा गुटशैलीको बेमौसमी बाजा
    मननीय पक्ष के हो भने हाम्रो नेपालमा सत्तापक्षभित्र आफ्नै खाले गुटको गन्जागोल छ । पहिला पार्टीलाई हेरिन्छ त्यसपछि आफ्नो खेमाको चाकडी गर्नेहरूलाई काखी च्यापिन्छ । कुन पद र कुन योजना कसको पक्षमा के कति पार्ने भन्ने सोचले गुटतन्त्रको सोचलाई बोकेको छ । त्यहाँ जनता भन्ने कुन चराको नाम हो– सबै स्वाहा । महाभारतको कथामा कुन्तीले सौता माद्रीका छोरा नहुल र सहदेवलाई बढी माया गर्थिन् । युधिष्ठिरले यक्षसँगको प्रश्नोत्तरमा नकुल र सहदेवलाई बचाउने कुरालाई प्राथमिकतामा राख्नुले आदर्शताको राजनीतिलाई बोध गराउँछ । तर हाम्रो देशको नेतृत्वले यसरी बुझ्न रुचाएन । पूर्वमाओवादी र पूर्वएमालेको सोचले नेकपाभित्रै गुटको खेती चल्छ । सक्षम भनिएको प्रतिपक्षी नेपाली काँग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र शशाङ्क कोइरालाका साथमा शेरबहादुर देउबाको गुटबन्दी छ । जब देशको नेतृत्व गुट र उपगुटको जालोमा बाँधिन्छ तब जनता दुःखी र विखण्डित हुन्छन् । यो लोकतान्त्रिक सोचको विपरीत सत्ता पुजारीको चाकडीबाज बन्न विवस पारिने बल्छी हो । यो बेमौसमी बाजाले आफ्नो स्वार्थको जन्जालमा ¥याल काढिरहेको हुन्छ । फलतः जनता विभाजित बन्छ । एकताको सोच विनाकाममा भाँडिन्छ । यसरी हात पारेको सफलतामा सुरक्षाकर्मी अघिपछि लाएर हिँड्नुपर्ने कायर नेतृत्वलाई जन्म दिइरहन्छ । बेलैमा सोच बदलेर विकासवादी बनौँ । 
 

   अलि फरक कुरा गरौँ– यो संसार बहुमतको पक्षमा प्रजातान्त्रिक पद्धतिमा राजनीति गरिरहन्छ भने जसको बहुमत पुग्छ उसको राज्य चल्छ । यहाँ बहुमतको सवालमा रोइकराइ गरेर बर्बाद हुने भयो भन्नुपर्ने, टेबलमा बहस गर्नुपर्ने विषय नै छैन । जेजस्तो व्यवस्थामा अधिक जनसमुदायको सम्बोधन भएर खुसी मिल्छ त्यस्तै व्यवस्था आउँदा केही फरक पर्दैन । सवाल– शान्ति, समृद्धि र जनताको जीवनस्तरको सहजीकरणको हो । कोटाको चौघेरामा बाँधेर अधिकार माग्न सिकाउने पद्धति आपैmमा प्राचीनतामुखी हो, यो पनि प्रजातान्त्रिक होइन किनकि त्यहाँ जात, धर्म हेरेर होइन आर्थिक स्रोतको दायरा हेरेर मूल्याङ्कन भएन । परिणामतः गरिब क्षेत्री बाहुनले अवसरबाट वञ्चित हुनुप¥यो भने सम्पन्न दलित तथा जनजातिले आफूलाई अधिकारको भोक्ता मानिरहे । 
    कुरा विभेदको होइन– सोच र सङ्कीर्णताको हो । यो बहुसांस्कृतिक अन्तर्घुलनमा रमेको देशमा भारतले सङ्कीर्णताको जाल हान्दैन भन्ने आशा पनि हो । अब हामीले आर्थिक अवस्था र घर–घरमा रोजगारको कुरा गर्नुपर्छ । भारतमा नरेन्द्र मोदीको पुनरागमनले मानसिक भ्रम जागृत गराउँदा– धर्मभिरु र जातीय सत्ताको खोजमा अन्धा बनेका भावना बजारमा हल्ला पैmलनु हाम्रो आफ्नै सङ्कीर्णता हो । हामीले देशको आवाज बोल्ने हो । घरभित्र जाति र संस्कृतिका कुरालाई आफ्नो तरिकाले उठाउनु उचित हुन्छ । 

समृद्धि र सम्बन्ध सचेतना
    इरान र अमेरिकामा भएको द्वन्द्वका कारण अमेरिकाले नाकाबन्दी लगाउँदा इरानबाट तेल किन्ने वातावरण नहुने हो भने भारतसँगै नेपाल पनि यो अप्ठ्यारोको सिकार बन्ने सम्भाव्यता छ । यसको अर्थ आत्मनिर्भरताको हातेमालोमा भारत र नेपाल अघि बढ्न सक्छ । मोदीसँग वर्तमान सरकारले नयाँ सम्बन्ध गाँसिरहनु पर्दैन । हिजो अङ्ग्रेजले नेपाललाई आक्रमण गरिरहँदा चीनले पनि नेपाललाई आफ्नो अधीनमा राख्न नचाहेको त होइन थियो । नेपालको भूअवस्थिति र भारतको खुला सिमाना तथा सांस्कृतिक सामीप्यतामा भारोपेली वर्गको भाषा संस्कृति र भोटचिनियाँ भाषा संस्कृतिको सम्मिलन छ । पाकिस्तानको कुरा गर्दा होस् या भुटानलाई सम्झँदा नेपाल धर्म, अर्थ, कर्म र भावना सबैतिर सामीप्य बन्ने र बनिरहनै पर्ने देश हो । 
 

   प्रसङ्ग के हो भने भारतले स्वतन्त्रता दिवस मनाइहँदा नेपाली वीरताले अर्काको अधिनस्त बन्नु नपरेको गर्व गर्नुपर्छ । अब आजको सन्दर्भमा त्यतिले पुग्दैन । कतै आज हामी परनिर्भरतामा औपनिवेशिक जसरी नै पीडित भएका त होइनौँ ? घुँडा त टेकनौँ तर किन नाकाबन्दीमा हाहाकार भयो त हामीलाई ? तर ओली नेतृत्व चयनको मूल आधार त यो घटनामा लिएको अडान हो । यो समस्या जति भयो त्यो सहर र काठमाडौँलाई भएको हो भन्ने पनि विश्लेषण हुनुपथ्र्यो । गाउँलाई नुन चाहिन्छ, बाँकी उसको आफ्नै पाखुरीको बलबुता हो । अतः आत्मनिर्भरताको बाटो जोड्नुपर्छ । श्रीलङ्कासम्म पुगेर पानी जहाजका कुरा सोच्दै गर्दा नेपालले भारतसँग प्रेमको सौगातसँग मित्रताको हात पैmलाइरहन्छ । 

    के साँच्चै नेपालका आन्तरिक विषयमा भारतले चाहिनेभन्दा बढी चासो राख्छ ? के हामी तिनका सुझावलाई गुरु आज्ञा मानेर शिरोधार्य गरिरहन्छौँ ? कतै संस्कारमा हामी परतन्त्री बनिरह्यौँ भने हाम्रा देशका शासनमा रिमोट अरूले चलाउँछन् भन्ने गन्थने आरोप चिर्ने गरी भारतीय नेतृत्वसँग सीमाका अत्याचारका कुरामा टुङ्गो लगाऊँ । हिउँदमा नदीलाई टम्म थुनेर आफूतिर पानी एकोहो¥याउने र नेपालका नहरमा कमिला कुद्ने अवस्था छ । बर्खा लाग्दा आफूतिर बन्द गरेर नेपाललाई डुबान तुल्याइदिने ज्यादतीको घटनामा मित्रता कि बल्छी हो भन्ने प्रश्न उठ्छ । दिनदिनै हेपिएका सीमाबासी नेपालीको दर्दसँग मित्रताको गर्व पाच्य देखिन्न । यसर्थ अबको सत्तासीन समकक्षतामा हाम्रो सरकार सीमा सुरक्षा र आत्मनिर्भरताको कसीमा माथि उठ्ने गरी अघि बढोस् । 

    ‘मोदी सुनामी’को लहरमा जागेका भारतीय सञ्चार माध्यमले जेजसरी व्याख्या गरून्, हाम्रा लागि भारत जोजसले जित हात पारे पनि असल छिमेकी हो । रातसाँझका नुनभुटुन भारतबाट आयात गरेर मात्रै जीविकोपार्जन गरिरहने पराधीन शैली र आफ्नो आत्मनिर्भरतालाई उकास्न नखोज्ने हाम्रा बाध्यता रहिरहेसम्म हामीले हाम्रै कमजोरीमा दुःख मान्नुपर्छ । हामी आत्मनिर्भर बन्न नसक्दा नाकाबन्दीले हानेको झापडसँग हामी कतै डराएका त होइनौँ ?! अर्थात् फेरि उसै गरी परनिर्भरताको पराकाष्ठामा स्तुत्य बनिरहेका त होइनौँ ? विश्वास तबसम्म थियो जब मोदीले नेपालको संसद् भवनभित्र अलिकति नेपाली भाषा बोलिदिए । मोहनी जादुमा भाषण गरे । मानौँ नेपालका तत्कालीन नेतृत्वमा उच्च स्तरको सन्देश प्रवाह भयो । अतिथिलाई सम्मान गर्नु सकारात्मक पाटो हो तर व्यापक सत्कार भयो ।

    भारतले रेल र पानीजहाजमा सहयोग गरोस् । कमसेकम यहाँको बिजुली भारतमा बेचोस्, यहाँको जलस्रोतलाई नेपालले आम्दानीको स्रोत बनाओस् । भारतले पनि नेपालबाट लगभग ५ प्रतिशत आयआर्जन गरिरहन्छ । यसर्थ मोदीको चौकीदारी राष्ट्रिय एजेन्डाको चौकासँग नेपालले नेपाली स्वाधीनताको स्वर जागृत गर्नुपर्छ । नेपाल विकासवादी बन्नमा भारतले ग्यास प्लान्ट, बिजुली विकास, पर्यटन तथा आधुनिकीकरणको कृषि तथा सिंचाइका पक्षमा कुनै पनि हिसाबमा सहयोगी बन्नुपर्छ । असल मित्रता मानवताका हिसाबले भारतमा कामदार बनेका नेपाली माथि अत्याचार गरिनुहुन्न भने दुईदेशका नागरिकता बोक्ने, चेलीबेटी बेचबिखन गर्ने, दाइजोजस्ता प्रथालाई प्रोत्साहन गर्ने लगायतका बेथितिमा नेपाल भारतले सहकार्य र सहचार्य गर्नुपर्छ ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...