शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका ‘अदृश्य’ प्रधानमन्त्री

अमित शाह झनै शक्तिशाली र खतरनाक
मङ्गलबार, २१ जेठ २०७६, १० : २८
मङ्गलबार, २१ जेठ २०७६

मे १७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्न लागेको हल्ला चल्यो । त्यस हल्लाबाट पत्रकारमाझ एक तरङ्गनै उत्पन्न भयो । आफ्नो कार्यकालभरी पत्रकार सम्मलेन नगर्ने प्रधानमन्त्रीको रकर्ड राख्न लागेका मोदीले कार्यकालको अन्त्यतिर त्यसलाई तोड्न लागेका पो हुन् कि भन्ने चर्चा चल्यो ।

तर पत्रकार सम्मेलनमा पत्रकारसँग सवाल–जवाफको साटो त्यो दिन पनि मोदीले आफ्नो एकतर्फी कुरा सुनाए ।

जब उनलाई प्रश्न सोधियो तब उनले आफ्नो बाँयातर्फ बसिरहेका अमित शाहतर्फ देखाएर सम्पूर्ण प्रश्नको जवाफ उनैले दिने भन्दै पन्छिए ।

त्यसपछि मोदीको प्रतिरक्षामा शाह अघि सरे । शाहले मोदीको लागि वर्षौंदेखि यही गरिरहेका छन् । अमित शाह अहिले भारतका दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति हुन् । पार्टीभित्रका धेरैले उनलाई पर्दा पछाडिको प्रधानमन्त्री पनि भन्ने गर्छन् ।

शाह मोदीका छायाँ, इमान्दार प्रतिरक्षक, प्रवक्ता र प्रचार रणनीतिकार हुन् । अहिले आएर उनलाई मन्त्रिमण्डलको शक्तिशाली पद गृहमन्त्री तोकिएको छ ।

५४ वर्षे शाह सन् ९० को दशकदेखि नै मोदीको विश्वासपात्र रहँदै आएका छन् । मोदी ती दिन पार्टीको महासचिव हुनेभन्दा सत्तामा आँखा लगाएर बसेका थिए । त्यस्तोमा सन् २००१ मा मोदी शाहको समेत सहयोगमा गुजरातको मुख्यमन्त्री भए । मोदीको प्रदेश मन्त्रीमण्डलमा शाहलाई वृहद क्षेत्राधिकार समेटर एक मन्त्रालय दिइएको थियो । शाहको मुख्य काम भनेको मोदीको मार्गमा आएका सम्पूर्ण अवरोधलाई विफल बनाउने थियो ।

जयशंकर विदेशमन्त्री भएपछि नेपालमा किन छटपटी ? 

यसैले त्यो समय धेरैले शाहको कार्यालयलाई ‘मुख्यमन्त्रीको फोहारी खेल हुने विभाग’ को भन्ने गर्थे । 

त्यो समयदेखि शाहको शक्ति बढेको बढ्ैछ । शाह भारतका सबैभन्दा विभाजनकारी र घृणा गरिने राजनीतिज्ञमध्ये एक हुन् ।

नेपाल मामिलामा असफल डोभल फेरि बने मोदीका सुरक्षा सल्लाहकार

उनी आफ्ना भाषणमा भाजपा हार्दा पाकिस्तानमा उत्सव हुनेसम्म भन्ने गर्छन् । उनले एक भाषणमा मुसलमान आप्रवासीलाई बङ्गालको खाडीमा बगाउनुपर्ने ‘धमिरा’ को संज्ञा दिएका थिए । भारतका छिमेकी देशबाट आएका मुसलमानबाहेकका अल्पसंख्यकलाई नागरिकता दिनुपर्ने विचार पनि उनकै हो ।

त्योभन्दा पनि डरलाग्दो उनको मानव अधिकारसम्बन्धमा डरलाग्दो इतिहास छ । उनीमाथि आतकंवादी घटनामा संलग्नता भएको आरोप लागेका मुसलमानलाई कानुनी प्रक्रियाबिनै मार्न निर्देशन दिएको आरोप छ ।

सन् २०१० मा गुजरातमा त्यस्तो हत्यामा संलग्न प्रहरीसँग शाहको फोन सम्वाद म आफैले भेटेको छु । त्यस आधारमा मैले तयार पारेको रिपोर्ट प्रकाशित भएको दुई हप्तापछि शाह पक्राउ परे । उनले प्रहरीसामु आरोप अस्वीकार गर्दै आफूलाई ‘राजनीतिक रुपमा प्रेरित भएर फँसाउन लागिएको’ बताए ।

सीबीआईले सोहराबुद्दिन शेख र उनकी श्रीमती कउसर बीको हत्या प्रकरणमा शाहको संलग्नालाई लिएर अनुसन्धान गरिरहेको छ । भारतको सर्वोच्च अदालतको समेत निगरानीमा सीबीआईले शाहलाई घटनाको प्रमुख योजनाकार मानेको छ ।

अनुसन्धानमा सीबीआईले शाहलाई भूमिगत गिरोह र राजनीतिज्ञको गठजोडमा चलाइने ‘एक्सटोर्सन’ समूहको नाइके पहिचान गरेको थियो ।

गुजरातमा उनीमाथिको लागेको आरोप यति गम्भिर मानिएको थियो मुद्दालाई प्रभावित पार्न सक्ने भन्दै सर्वाेच्च अदालते उनलाई गुजरात प्रवेश गर्न रोक लगाएको थियो ।

उक्त घटनामा शाह जमानतमा छिट्टै जेलमुक्त भए । त्यो समय शाहको पतनले मोदीको पतन निम्त्याउने अनुमान गरिएको थियो ।

सन् २०१३ मा मोदी भाजपाको प्रधानमन्त्री उम्मेद्वार बनेसँगै यो अनुसन्धानले यू–टर्न लियो । त्यससँगै शाह भाजपाका अध्यक्ष बनाइए । उनी अपराधिक मुद्दा हुँदाहुँदै राजनीतिक नेतृत्वमा पुग्ने पहिलो व्यक्ति हुन् ।

निर्वाचनपछि मोदीको सरकार गठन भएसँगै मोदीका मुद्दाका प्रत्यक्षदर्शीले पहिलेका कुरा फेर्न थाले, न्यायाधीशसमेत आफूलाई बचाउन तिर लागे । केही महिनाभित्रै शाहमाथि लागेका सबै आपराधिक मुद्दा हटाइयो

विवादास्पद विगतको बावजुद, शाहले मोदीको विश्वासपात्र र नीति निर्माताको रुपमा आफ्नो भूमिका बलियो बनाउदै लगे र आज गृहमन्त्रीसम्म भएका छन् । अब मन्त्रीको रुपमा उनले प्रधानमन्त्रीको अनुमतिबिना कयैन नीतिनिर्माणमा निर्णय गर्न सक्छन् ।

सन् २०१४ को जीतलगतैबाट शाहले पार्टी प्रमुखको रुपमा सन् २०१९ को चुनावको लागि तयारी सुरु गरिसकेका थिए । त्यस क्रममा उनले दुई वर्षभित्रै भाजपाको कार्यकर्ताको संख्या ३.५ करोडबाट ११ करोड पु¥याए ।

त्यस बाहेक उनकै प्रयासमा भारतभर कयैन क्षेत्रिय दलसँग गरिएको गठबन्धनले ती राज्यमा भाजपाको बलियो उपस्थिति बनेको छ । गठबन्धनले पछिल्लो निर्वाचन परिणाममा उलेख्य मत ल्याउन सघायो ।

केही राजनीतिक विज्ञ शाहले सन् २०२४ को प्रधानमन्त्री पदमा नजर लगाइरहेको विश्वास गर्छन् । भारतको संसदीय प्रणालीभित्र सबैभन्दा महत्त्वपूर्ण मानिने गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै देशको न्याय व्यवस्थाको लागु गर्ने, शान्ती व्यवस्था कायम गर्ने जिम्मेबार अमित शाहको हातमा हुनेछ ।

भारत अहिले उसको सबैभन्दा ध्रुवीकृत राजनीतिक र समाजिक क्षणमा बाँचिरहेको छ । यस्तोमा देशलाई समाधान दिने हातको आवश्यकता छ ।

तर मोदी र शाह शक्ति केन्द्रीकरणमा केन्द्रीत छन् । दुवै नेता भारतका संस्थानलाई कमजोर बनाउने, मानव अधिकारमाथि धावा बोल्ने र विधिको शासनप्रति विश्वास ह्रास गराउन पछि परेका छन् । यस्तोमा गृह मन्त्रालयको जिम्मेवारी शाहको हातमा गएको छ ।

यो आलेख वासिङटन पोष्टबाट अनुवाद गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राना अयुव
राना अयुव

राना अयुव भारतीय पत्रकार तथा लेखिका हुन् ।
 

लेखकबाट थप