बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ठमेलमा चुनावी सरगर्मी, प्रधानद्वारा उम्मेदवारी घोषणा

बुधबार, २२ जेठ २०७६, ११ : ४७
बुधबार, २२ जेठ २०७६

काठमाडौं–ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । यसैक्रममा विगत तीन दशकदेखि पर्यटन व्यवसायमा संलग्न अर्जुनलाल प्रधानले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 
उनले नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै ठमेल क्षेत्रको सुधारका लागि १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 

उनले ठमेल क्षेत्रमा शान्ति सुरक्षा बहाल गर्नका लागि उचित व्यवस्था गरिने, ट्राफिक र पार्किङको दीर्घकालीन व्यवस्था मिलाउन पहल गरिने, ठमेल क्षेत्रको म्यापिङ सही ढंगले गर्ने प्रतिबद्धता जनाएका छन् । 

यस्तै ठमेल क्षेत्रको सकारात्मक सन्देश प्रवाह गर्दै सुन्दर सहरका रुपमा चिनाउन प्रचार प्रसार गर्ने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने, ध्वनी प्रदूषण कम गर्न पहल गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् । 

यस्तै सडक र सडक बत्तीको व्यवस्थापन गर्न पहल गरिने, फोहोरको उचित व्यवस्थापन, ढल निकास र फोहोरको उचित व्यवस्थापन गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् । 

धरधनी र व्यवसायीबीचको सम्बन्धलाई सुमधुर बनाउन समिति गठन गर्ने, सल्लाहकार समिति गठन गर्ने, सडक बालबालिका र मगन्तेको समस्या समाधान गर्ने, भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रभावकारी भूमिका खेल्ने, व्यवसायको मापदण्ड तोक्ने, ठमेल क्षेत्रको सम्पदाको संरक्षण, सम्बर्द्धन तथा प्रचार प्रसार गर्दै पर्यटकको गन्तव्यस्थल बनाइने जस्ता प्रतिबद्धता समेत उनले जनाएका छन् । 

प्रधानले आफ्नो उम्मेदवारी घोषणासँगै आफ्नो पक्षमा माहोल बनेको भन्दै जित्ने दाबी गरेका छन् । 

सामाजसेवीसमेतको छवि बनाएका प्रधान बास्केटबल खेलाडीको रुपमा पनि चिनिन्छन् । 

यहि जेठ २५ गते हुने साधारण सभाले आगामी २ बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । 

नयाँ नेतृत्व चयनका लागि ठमेल क्षेत्रका ७९३ व्यवसायी मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप