शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४६ औं विश्व वातावरण दिवसः विद्यार्थीदेखि मन्त्रीसम्मले गरे वृक्षारोपण

बुधबार, २२ जेठ २०७६, १२ : २४
बुधबार, २२ जेठ २०७६

भक्तपुर–४६ औं विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । 

बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ र ८ को संयुक्त क्षेत्रमा रहेको सूर्यविनायक मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा विद्यार्थी, स्थानीय बासिन्दा, मन्त्री, सांसद, जनप्रतिनिधि, नेपाल सरकारका कर्मचारी, गैरसरकार संस्थाका प्रतिनिधीलगायत वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए । 

उद्यान उद्घाट तथा वृक्षारोपण कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री विना मगर, संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद प्रतिमा श्रेष्ठ, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलगायतको उपस्थिती रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप