बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिहीबार तपाईंको दिन कस्तो छ ?

बिहीबार, २३ जेठ २०७६, ०६ : १८
बिहीबार, २३ जेठ २०७६

वि.सं.२०७६ साल ज्येष्ठ २३ गते । बिहीबार । ईश्वी सन् २०१९ जुन ०६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि तृतीया,१६ घडी १४ पला,बिहान ११ बजेर ३९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र पुनर्वशु,४३ घडी ४० पला,बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त तिष्य । योग वृद्धि,५१ घडी ३६ पला,रातको ०१ बजेर ४८ मिनेट उप्रान्त ध्रुव । करण गर,बिहान ११ बजेर ३९ मिनेट वणिज,बेलुकी १० बजेर ३९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि मिथुन,बेलुकी ०४ बजेर ५७ मिनेट उप्रान्त कर्कट । महाराज छत्रशाल जन्मजयन्ती– कृष्णप्रणामी।

काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २५ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । साझपख समय मध्ययम रहेकोले सामाजिक काम गर्दा बिशेष ख्याल गर्नुहोला मान सम्मानमा दाग लाग्न सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त,साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । साझपख छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ । साझपख समय राम्रो रहेकोले लेखनकला तथा साहित्यमा रुचि बढ्ने तथा लेखैरै आफ्ना भावनाहरु जनमानसमा लैजान सकिनेछ । 
 
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलासी बस्तुको प्रयोग मार्फन अरुको मन आफूतिर तान्न सकिनेछ । साझपख कुटुम्बसँग मनमुटाब हुने योग रहेकोछ ध्यान दिनुहोला । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आँखा सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । साझपख समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने योग रहेकोछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानीहुने व्यावसायमा लगानी  गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मनग्गे आम्दानीगर्न सकिनेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानीहुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । साझपख लामो दुरिको यात्रा हुने योग रहेकोछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आउने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी  गरि मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी  गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । ध्यान अन्यत्रै मोडिदा पढाइ  लेखाइ मा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुनेअधिक सम्भावना रहेको छ । साझपख समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा राम्रा काम गरि नाम कमाउँन सकिनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा भनेजस्तो आम्दानीनहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । साझपख खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाफा कमाउन सकिने तथा थप लगानी  गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारि साधन तथा भौतिक सम्पति हात लागि हुनेछ भने विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । नोकरि पाउने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । साझपख समय मध्ययम रहेकोले माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिवाद तथा प्रतिष्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगिको साथ पाइने हुनाले नया प्रकृतिको काम गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाडा हुनु पर्नेछ । आफन्त तथा सन्तानले तपार्ईँको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । साझपखको  समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । प्रतिष्पर्धामा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैत्रिक घर जग्गामा गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैया पैसा लगानी गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरु सँग बिवाद हुने योग रहेकोछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउन सक्छ । अरुकैलहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । अध्ययनमा अलि बढि समय खर्चिय नतिजा आफ्नौ पक्षमा पार्न सकिनेछ । 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोटः  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप