शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गाको चम्पादेवीमा शव फेला, हत्याको आशंका

शुक्रबार, २४ जेठ २०७६, ०९ : ४१
शुक्रबार, २४ जेठ २०७६

रामहरि श्रेष्ठ

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ ओदेखोलामा एक व्यक्तिको शव फेला परेको छ ।

भीरमुनीको खोल्सामा फेला परेको शव चम्पादेवी गाउँपालिका–७ का ४६ वर्षीय रुद्ध बहादुर थापाको रहको प्रहरीले जनाएको छ ।

बुधबार राती भीरबाट लडेर उनको मृत्यु भएको बताइएपनि घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र यसबारे थप अनुसन्धान गरिने प्रहरीको भनाई छ ।

थापासँगै हिँडेका चम्पादेवी गाउँपालिका–३ का २८ वर्षीय दीपक बुढाथोकी भने घाइते अवस्थामा फेला परेका छन् ।

उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा झिकाइएको छ । भीरबाट दुवै जना लडेको भनिएपनि एउटाको मृत्यु हुनु र अर्काे सामान्य घाइते मात्र हुनुले घटना शंकास्पद रहेको स्थानीयले जनाएका छन् ।

मृतक रुद्ध बहादुर थापा र दिपक बुढाथोकी नाताले मामा भान्जा हुन् । उनिहरु दुबैजना खसी व्यापारी हुन् । बुधबार साँझ खसी व्यापार गरेर काठमाण्डौबाट फर्केका उनीहरु नवलपुरमा बास बसेका थिए ।

काठमाडौँबाट आउँदै गर्दा रात परेपछि उनीहरु नवलपुरको होम कुमारीको होटलमा सँगै बास बसेका थिए । तर उनीहरु रातारात होटल छोडेर भागे ।

खसी ब्यापार गर्ने दुई मध्ये मृतक रुद्ध बहादुरले डेढ लाख रुपैयाँ बोकेको जनाइएको छ ।

रातको समयमा नदी किनारबाट टर्च बालेर केही मानिसहरु आएको देखेका थिए । त्यो देखेर उनिहरु पैसा लुट्न आयो भन्दै रातारात होटल छोडेर भागेको बताइएको छ ।

भाग्ने क्रममा चम्पादेवी–२ स्थित ओदेखोला भीरबाट दुवैजना लडेको घाइते दीपक बुढाथोकीले बताए ।

लडेकामध्ये रुद्र बहादुरको मृत्यु भयो भने दिपक बुढाथोकी घाइते भए  ।

गाउँपालिका अध्यक्ष नवराज केसीले घटनाको प्रकृतिले भीरबाट लडेको जस्तो नदेखिने बताए । “भीरबाट लडेको भए माथि धस्रेको जस्तो देखीन्थ्यो त्यस्तो केही देखिँदैन, घटना सुनियोजीत जस्तो देखिन्छ । थप प्रहरीको अनुसन्धानले बताउनेछ ।’

जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख पुष्पराज मल्लले घाइते भएका बुढाथोकी प्रहरी हिरासतमा रहेको र घटनाको विषयमा अनुसन्धान भैरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप