शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘फूल फुल्ने बगैंचा’ मा कुमार र अंकिताको रोमान्स

शुक्रबार, २४ जेठ २०७६, १० : ४१
शुक्रबार, २४ जेठ २०७६

काठमाडौं – गायक रमेश क्षेत्रीको आधुनिक गीत ‘फुल फुल्ने बगैचा’ सार्वजनिक भएको छ । अहिले बजारमा आउने गरेका भन्दा केही भिन्न शैलीको गीतमा माया प्रेमको बिषय समेटिएको छ । 

गीत माथी एक आकर्षक भिडियो पनि निर्माण भएको छ । भिडियोमा कुमार गुरुङ र अंकिता क्षेत्रीले रोमान्स गरेका छन् ।

नरेश बिसीको शब्द, सन्जुकुमार थापाको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो फलानो क्रियसनबाट निर्माण भएको हो ।

भिडियोमा सरोज अधिकारीको छायाँकन, सुवास अमागाइको सम्पादन र कुमार गुरुङको निर्देशन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप