शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललिता निवासमा व्यापारी सुहृदराज घिमिरेको १३ रोपनी जग्गा

सासु, आमा, श्रीमती र बिजनेस पार्टनरका नाममा जग्गा खरिद, आनाको जम्मा ५१ हजार !
शुक्रबार, २४ जेठ २०७६, १२ : २२
शुक्रबार, २४ जेठ २०७६

बालावुटार अर्थात् काठमाडौंको प्रमुख स्थान । प्रधानमन्त्री निवास सँगैको जग्गा । हरेक कोणबाट सुरक्षित र आकर्षक स्थान ।

तर त्यहाँको जग्गाको मूल्य कति होला ?

अहिले बालुवाटार क्षेत्रमा जग्गा पाइयो भने प्रतिआना कति पर्ला ?

बालुवाटार क्षेत्रमा अहिले कहीँ जग्गा पाएमा पनि प्रतिआना ६० लाख घटी कहीँ पाइँदैन ।

तर बालुवाटारकै जग्गा १३ वर्ष अगाडि कसैले प्रतिआना ५० हजारमै पाउँछ भने नकिन्ने को पो हुन्छ र !

विवादित ललितानिवास जग्गा प्रकरणको पाटो केलाउँदै जाँदा व्यापारी सुहृदराज घिमिरेले ललिता निवासको जग्गा प्रतिआना ५० हजारमै किनेको पाइएको छ ।

विवादित ललितानिवास जग्गा प्रकरणको पाटो केलाउँदै जाँदा व्यापारी सुहृदराज घिमिरेले ललिता निवासको जग्गा प्रतिआना ५० हजारमै किनेको पाइएको छ ।

व्यापारी सुहृदराज घिमिरेले आफ्नी सासुआमा इन्दु शर्माका नाममा खरिद गरिदिएको करिब १३ रोपनी जग्गामध्ये दुई कित्ता जग्गाको खरिदबिक्री लिखत हेरौं ।

२०६३ साल मंसिर १३ गते इन्दु शर्माले बालुवाटारको दुई कित्ता जग्गा राजीनामा पास गरेर किनिन् ।

तत्कालीन समयको कित्ता नम्बर ११ को १० आना २ दाम जग्गामध्ये ७ आना १ दाम र कित्ता नम्बर १३ को १० आना २ दाम जग्गामध्ये ७ आना २ पैसा जग्गा खरिद गरिन् । दुवै जग्गाको क्षेत्रफल जोड्दा १४ आना २ पैसा १ दाम हुन्छ ।

१६ आनाको एक रोपनी हुने हिसाबले पुग नपुग झण्डै १ रोपनी जग्गा इन्दु शर्माले किनेकी छिन् । यो जग्गा किन्दा उनले ७ लाख २८ हजार २ सय रुपैयाँ तिरेको देखाएकी छिन् । १४ आना २ पैसा १ दाम जग्गाको मूल्य जम्मा ७ लाख २८ हजार देखाउनुको अर्थ तत्कालीन समयमा प्रतिआना जम्मा ५१ हजारमा जग्गा खरिद गरेको देखाइएको छ ।

अब कुरा गरौं बजार मूल्यको ।

अहिले बालुवाटार क्षेत्रको जग्गाको मुल्य प्रतिआना ६० लाख रुपैयाँभन्दा बढी छ । पहिलो कुरा त त्यहाँ जग्गा पाउन नै सकिँदैन भने, दोस्रो जग्गा पाएपनि ६० लाख रुपैयाँभन्दा सस्तो मुल्यमा जग्गा पाउन सकिँदैन ।

२०६३ सालको कुरा गर्ने हो भने पनि त्यसक्षेत्रको जग्गाको मूल्य प्रतिआना १० लाख रुपैयाँभन्दा बढी थियो ।

प्रति आना १० लाखलाई आधार मान्ने हो भने पनि इन्दु शर्माले किनेकी उक्त जग्गाको खरिद मूल्य नै १ करोड ४२ लाख रुपैयाँभन्दा बढी हुन्छ ।

तर इन्दु शर्माले २०६३ साल मंसिर १३ गते उक्त जग्गा जम्मा ७ लाख २८ हजार २ सय रुपैयाँमा खरिद गरेकी छिन् । यसको मतलब उक्त जग्गाको मूल्य प्रतिआना जम्मा ५१ हजार २ सय रुपैयाँमा ।

त्यसैगरी इन्दु शर्माकै नाममा २०६३ माघ २५ गते अर्को १३ आना ३ पैसा जग्गा खरिद भएको देखिन्छ ।

तत्कालीन समयको कित्ता नम्बर २, ३, १०१, ७३ र ७५ गरी ५ कित्ता जग्गाको कुल क्षेत्रफल १३ आना ३ पैसा खरिद गरेकी छिन् इन्दुले ।

बालुवाटार क्षेत्रको उक्त जग्गा पनि उनले प्रतिआना ५० हजारकै हाराहारीमा खरिद गरेकी छिन् ।

हेर्नुहोस्, यो लिखत ।

बालुवाटारको १३ आना ३ पैसा जग्गा इन्दुले जम्मा ६ लाख ८७ हजार ५ सय रुपैयाँमा खरिद गरेकी छिन् ।

अब फेरि अर्को जग्गाको लिखत पनि हेरौं ।

इन्दु शर्माले जग्गा किन्ने र बेच्ने गरिरहेको देख्न सकिन्छ ।

२०६३ साल मंसिर १३ गते नै इन्दुले व्यापारी पुरुषोत्तम पौड्याललाई बालुवाटारको एक रोपनी ८ आना जग्गा बिक्री गरेकी छिन् ।

तत्कालीन समयको कित्ता नम्बर ८ को २ रोपनी १४ आना २ पैसा ३ दाम जग्गामध्ये १ रोपनी ८ आना जग्गा कन्टिनेन्टल ट्रेडिङका व्यापारिक साझेदार पुरुषोत्तम पौड्याललाई बिक्री गरेकी छिन् ।

उक्त जग्गा ३० लाख रुपैयाँमा बिक्री गरिएको छ । आनाको हिसाबले हेर्दा यो जग्गाको मूल्य प्रतिआना १ लाख २५ हजार देखाइएको छ ।

मंसिर १३ गते नै आफूले किन्दा इन्दुले प्रतिआना करिब ५१ हजार तिरेकी छिन् भने विक्री गर्दाको मुल्यचाहिँ प्रतिआना १ लाख २५ हजार लिएको देखाएकी छिन् ।

व्यापारी पुरुषोत्तम पौड्यालले २०६३ साल मंसिर १३ गते प्रधानमन्त्री निवास बालुवाटार सँगैको जग्गा प्रति आना जम्मा १ लाख २५ हजारमा खरिद गरेका छन् ।

अहिले ललितानिवास परिसरमा इन्दु शर्माकै नाममा करिब ३ रोपनी जग्गा रहेको छ । चलनचल्तीको मुल्य हेर्ने हो भने यो जग्गाको मूल्य अहिले २५ करोडभन्दा बढी पर्छ ।

अहिले ललितानिवास परिसरमा इन्दु शर्माकै नाममा करिब ३ रोपनी जग्गा रहेको छ । हाल इन्दुको नाममा ललितानिवासभित्र कित्ता नम्बर ७२, ७३, ७६, १९, २१, १०५, १०७, १०९ र १११ गरी ९ वटा कित्ता जग्गा रहेको छ । यी सबै जग्गाको क्षेत्रफल जोड्दा करिब ४२ आना जग्गा इन्दु शर्माकै नाममा रहेको छ । चलनचल्तीको मुल्य हेर्ने हो भने यो जग्गाको मूल्य अहिले २५ करोडभन्दा बढी पर्छ ।

यी दुवै जग्गा व्यापारी सुहृदराज घिमिरेको जग्गा हो । अहिलेपनि व्यापारी सुहृदराज घिमिरेले सासु, बिजनेश पार्टनर, श्रीमती र आमाको नाममा बालुवाटारमा १३ रोपनी भन्दा बढी जग्गा जोडेका छन्, जसको बजार मूल्य अहिले १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पर्छ ।

आफूमाथि कर छली र अकुत सम्पत्ति आर्जनको उजुरी परेपछि घिमिरेले आफ्नी आमा कमला घिमिरेको नाममा रहेको जग्गा भने बेचबिखन तथा सट्टापट्टा गरिसकेको पाइएको छ । यद्यपि अहिले सरकारले छानबिन गरिरहेको ललिता निवासको बाहिरी भागमा भने अझै पनि श्रीमती रेखा शर्मा घिमिरेको नाममा जग्गाजमिन रहेको छ ।

को हुन् इन्दु शर्मा र पुरुषोत्तम पौड्याल ?

इन्दु शर्मा पहिले भक्तपुरकी स्थायी बासिन्दा हुन् । अहिले भने उनको घर मण्डिखाटारमा रहेको छ । उनी व्यापारी सुहृदराज घिमिरेकी सासु आमा हुन् । इन्दुकी छोरी रेखा शर्मासँग व्यापारी घिमिरेले विवाह गरेका हुन् ।

पुरुषोत्तम पौड्याल सुहृदको व्यापार साझेदार

यता ललिता निवासभित्र २४ आना अर्थात् १ रोपनी ८ आना जग्गाका मालिक पुरुषोत्तम पौड्याल व्यापारी सुहृदराज घिमिरेका बिजनेस पार्टनर हुन् ।

व्यापारी सुहृदराज घिमिरेको कम्पनी कन्टिनेन्टल ट्रेडिङमा पौड्यालको २० प्रतिशत शेयर लगानी रहेको छ भने पौड्यालको कन्स्ट्रक्सन कम्पनीमा पनि सुहृदको लगानी रहेको छ ।

कन्टिनेन्टल ट्रेडिङ निर्माण सामग्री तथा मोटर आयात गरी बेच्ने आधिकारिक विक्रेता अर्थात् डिलर हो ।

कन्टिनेन्टल ट्रेडिङ कोमात्सु कम्पनीको निर्माण सामग्री सप्लाई गर्ने नेपालको आधिकारिक विक्रेता हो । त्यसैगरी कन्टिनेन्टल ट्रेडिङले किया मोटर तथा इसुजु मोटरको आधिकारिक विक्रेताको काम गर्छ भने ओटिस कम्पनीको इलेभेटर र स्कालेटरको पनि आधिकारिक विक्रेता हो ।

घिमिरेका व्यापार साझेदार पौड्याल, अकुत सम्पत्ति लुकाउन ब्रिटिस भर्जिन आइल्याण्डमा रहेको इको बे लिमिटेड नामको अफसोर कम्पनीका पनि शेयरहोल्डर र निर्देशक हुन् । नेपालमा कमाएको अकुत सम्पत्ति र कर छलीको पैसा थुपार्न सुहृदले ब्रिटिस भर्जिन आइल्याण्डमा इको बे लिमिटेड नामको अफसोर कम्पनी खोलेका छन् ।

घिमिरेका व्यापार साझेदार पौड्याल, अकुत सम्पत्ति लुकाउन ब्रिटिस भर्जिन आइल्याण्डमा रहेको इको बे लिमिटेड नामको अफसोर कम्पनीका पनि शेयरहोल्डर र निर्देशक हुन् ।

त्यससँगै सिंगापुरमा पहिले कन्टिनेन्टल ओभरसिज नामको हेभी इक्वीपमेन्ट सप्लाई गर्ने कम्पनीमा पनि सुहृद र पौडेलको लगानी रहेको थियो । अहिले भने त्यो कम्पनीको नाम परिवर्तन गरी फार इष्ट एसोसिएट्स बनाइएको छ । यही कम्पनीको नामबाट कन्टिनेन्टल ट्रेडिङले कोमात्सु लगायत कम्पनीका कन्स्ट्रक्सन कम्पनीका लागि चाहिने डोजर, लोडर लगायतका सामग्री आयत गर्ने गरेको छ ।

उक्त कम्पनीको कागजी मालिक सुहृदकी भाञ्जी दिप्ती दाहाल भएपनि हस्ताक्षर गर्ने अधिकार भने व्यापारी सुहृदराज घिमिरे र बिजनेश पार्टनर पुरुषोत्तम पौड्यालमै रहेको छ ।

सुहृदमाथि कर छली र अकुत सम्पत्ति आर्जनको मुद्दा

व्यापारी सुहृदराज घिमिरेमाथि अहिलेपनि कर छली गरी अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा छानबिन भइरहेको छ ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले सुहृदको सम्पत्तिबारे छानबिन गरिरहेको छ । नेपाल, सिंगापुर, ब्रिटिस भर्जिन आइल्याण्ड र अमेरिकाका रहेको सुहदको सम्पत्ति तथा त्यसको श्रोतबारे छानबनि भइरहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बताएको छ ।क़

लामो समयदेखि सुहृदको उजुरीमाथि अनुसन्धान र छानबिन भइरहेपनि विभागले सुहृदमाथि अहिलेसम्म मुद्दा दायर भने गरेको छैन ।


याे पनि पढाै‌

सरकारी जग्गा हडप्न व्यापारीको चलखेल, कौडीको भाउमा उठाइयो ब्याट्री कम्पनीको सम्पत्ति

सरकारी जग्गा हडप्न व्यापारीको यस्तो हर्कत, अदालतमा हाले ५ मुद्दा


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप